बैतेश्वर गाउँपालिका,८, क्षेत्रपामा स्वास्थ्य शिविर सम्पन्न, ६ सय बढीले लिए सेवा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन
बैतेश्वर गाउँपालिका वडा नम्बर आठ क्षेत्रपामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा काम गरिरहेको विभिन्न संस्थाहरुको सहयोगमा बैतेश्वर गाउँपालिका वडा नम्बर आठको आयोजनामा स्वास्थ्य शिवीर सम्पन्न भएको हो ।
स्वास्थ्य शिवीर संचालनमा चरिकोट अस्पत्ताल, तिलगंगा इन्सटीच्युट अफथल्मोलोजी, लालिगुराँस कम्युनिटी अस्पत्ताल, भीमेश्वर डेन्टल क्लिनिक चरिकोट ले सहयोग गरेको बैतेश्वर गाउँपालिका वडानम्बर आठका अध्यक्ष रमेस अधिकारीले जानकारी दिए । शिविरमा आवश्यक औषधि डाक्टर देवेन्द्र गौतमले उपलब्ध गराएको अध्यक्ष अधिकारीको भनाई छ ।
शिवीरको उद्घाटन गर्दै बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले अस्पत्ताल सम्म पुग्न नसक्ने हरुकालागि शिविर बरदान सावित हुने बताएका थिए । यस्तै मनकारी संस्था र डाक्टर देवेन्द्र गौतम लगाएतको स्वास्थ्य कर्मीहरुको टोलीले शिवीर संचालनमा सहयोग गरेर क्षेत्रपा वासीहरुलाई ठूलो गुन लगाएको नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिपशंकर चौंलागाईंले बताएका थिए । कार्यक्रमलाई भरत श्रेष्ठ, सुब्बा श्रेष्ठ, तक्त जिरेल लगाएतले सम्बोधन गरेका थिए । शिविर उद्घाटन कार्यक्रममा शिवीरमा सेवा उपलब्ध गराउने डाक्टर देवेन्द्र गौतम लागाएत डाक्टरहरुलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
शिविरमा विरामीहरुको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ६ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएको स्थानीय समाजसेवी पुस्कर अधिकारीले जानकारी दिए ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...