भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

निरन्तर ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाईने

3 वर्ष अगाडि | समदृष्टि अनलाइन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका अनुसार चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने छ ।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने छ । यस्तै काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई तथा १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ । बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ । त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ । काठमाडौँमा आजदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाइने छ ।

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.