शैक्षिक गुणस्तरमा सुधारमा सरोकारवालाको चासो
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट, १३ असोज
शिक्षण पेशा प्रति सक्षम र योग्य व्यक्तिहरुको आर्कषण नहुँदा शैक्षिक गुणस्तरमा सुधार आउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संघियता कार्यन्वयमा आए सँगै शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहमा आए पछि समक्ष शिक्षकहरुको समुदायमा अभाव देखिने गरेकोेले शैक्षिक गुणस्तर सुधारमा चूनौति देखिएको शिक्षा क्षेत्रका सरोकारवालाहरुले जनाएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाले भीमेश्वर नगरपालिका सँगको समन्वयमा आज दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको भीमेश्वर नगरको शैक्षिक सुधारमा गरेका प्रयास, समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कुटीडाँडा मावि मकैबारीका प्रधानध्यापक शंकरलाल श्रेष्ठले शिक्षकहरुको समुदायमा तीन वटा महत्वपुर्ण भूमिका हुने बताउँनु भयो । सो अवसरमा श्रेष्ठले अध्यापन, अनुसन्धान र सामाजिक दायित्व निर्वाह गर्ने कार्यमा शिक्षकहरुको महत्वपुर्ण भूमिका हुने श्रेष्ठले उल्लेख गर्नु भयो । कार्यक्रम प्रस्तुत गर्दै उहाँले शैक्षिक गुणस्तर सुधारका लागि भीमेश्वर नगरपालिकाले शिक्षा ऐन जारी गर्नुका साथै नगर शिक्षा समिति र वडा शिक्षा समिति गठन गरेको, आवश्यकताको आधारमा विद्यालय एकीकरण गर्नुका साथै नगर क्षेत्रका सम्पुर्ण विद्यालय पोशाकमा एकरुपता कायम गरेको उल्लेख गर्नु भयो । अन्तरक्रियामा श्रेष्ठले आधारभुत तहलाई अग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्नुका साथै क्षमता विकासका लागि शिक्षकहरुलाई तालिमको व्यवस्था समेत गरेको उल्लेख गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै भीमेश्वर नगरपालिकाकी उप प्रमुख कमला बस्नेतले नगर शिक्षा समिति र वडा शिक्षा समितिलाई सक्रिय बनाई शैक्षिक गुणस्तरक अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा उप प्रमुख बस्नेतले नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथामिकता दिएर २६ प्रतिशत बजेट शिक्षा विनियोजन गरेको बताउनु भयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानध्यापक नवराज न्यौपाने, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाका विनिता शिवाकोटी लगायतले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको जिम्मेवारीका बारेमा ध्यानाकर्षण गराउनु भएका थियो । ‘
कार्यक्रममा भीमेश्वर नगरपालिकुा वडा नं ७ का अध्यक्ष एवं सामाजिक विकास शाखा प्रमुुख कैलाश कुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुुख रामचन्द्र पौडेल,शिक्षकका पेशागत संघसंगठनका प्रमुुख एवं प्रतिनिधि,नगरका माध्यमिक विद्यालयका प्रधानाध्यपक,शिक्षाका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...