भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

विश्व कोरोना महाव्याधिको समीक्षा : अझै अनिश्चित छ भविष्य

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विश्वमा कोरोना भाइरसको उत्पत्ति भएको झन्डै २ वर्ष पुग्न लागेको छ । चीनको हुबे प्रान्तको वुहान सहरमा सन् २०१९ को नोभेम्बरमा कोरोना संक्रमणको प्रकोप सुरु भइसकेको थियो। यद्यपि उक्त संक्रमणको कारक जीवाणु नयाँ प्रजातिको कोरोना भाइरस हो भन्ने तथ्य सोही वर्षको डिसेम्बरमा मात्रै पत्ता लागेको थियो । त्यस अर्थमा कोरोना महाव्याधिको दोस्रो जन्मोत्सव मनाउने बेला भइसकेको छ ।

सन् २०२० को सुरुवातीसम्म कोरोना संक्रमणले विश्वका लगभग सबै महादेशमा आफ्नो सञ्जाल फैल्याइसकेको थियो । यसले गर्दा सन् २०२० मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोरोना महाव्याधिको घोषणा गर्नुपर्‍यो ।

त्यति मात्रै नभई यसले बाँकी विश्वभन्दा भौगोलिकरूपले निकै पृथक र निकै कम मानिसको बसोबास भएको एन्टार्टिकालाई पनि अछुतो राखेन । यद्यपि एन्टार्टिकामा कोरोना संक्रमणको पहिलो नमूना बाँकी विश्वभन्दा करीब एक वर्षपछि मात्रै भेटिएको थियो ।

विश्वमा कोरोना संक्रमण र यसको महाव्याधि सुरु भएदेखि वर्ल्डोमिटरका अनुसार यस लेख तयार पार्दासम्म परुन्जेलसम्म, २४ करोड १८ लाखभन्दा धेरै जनसङ्ख्या संक्रमित भइरहेका छन् र करीब ४९ लाख २० हजारभन्दा बढी मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

यद्यपि स्रोत अनुसार तथ्यांक पनि फरक फरक हुने गरेको छ । हाल विश्वको करीब सात अरब ९० करोड जनसङ्ख्या मध्ये करीब तीन प्रतिशतमा कोरोना संक्रमण भइसकेको छ र जम्मा जनसङ्ख्याको ०.०६ प्रतिशतको कोरोनाका कारण मृत्यु पनि भइसकेको छ । विश्वमा हालसम्म कोरोना संक्रमणको समग्र मृत्युदर, जम्मा संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत करीब २.०४ प्रतिशत देखिन्छ ।

विश्वमा महादेश अनुसार कुल कोरोना संक्रमणको अनुपात चित्र नं. १ मा देखाइएको छ । चित्रमा देखाइए जस्तै विश्वको कुल कोरोना संक्रमण मध्ये सबैभन्दा धेरै ३२ प्रतिशत एशियामा मात्रै भेटिएको छ भने त्यसपछि क्रमशः युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकामा धेरै कोरोना संक्रमण देखिएको छ ।

ओसनिया, अस्ट्रेलिया र वरपरका देशमा अन्यको दाँजोमा संक्रमण निकै कम देखिएको छ । त्यस्तै कोरोना मृत्युमध्ये सबैभन्दा धेरै २६ प्रतिशत युरोपमा मात्रै भेटिएको छ भने त्यस पछि क्रमशः दक्षिण अमेरिका, उत्तर अमेरिका, एशिया र अफ्रिकामा धेरै कोरोना मृत्यु देखिएको छ । ओसनियामा अन्यको दाँजोमा कोरोना मृत्यु पनि निकै कम देखिएको छ ।

विश्वका महादेशहरूमा कुल जनसङ्ख्या मध्ये हालसम्म कतिमा कोरोना संक्रमण र कोरोना मृत्यु देखिएको छ टेबुलमा देखाइएको छ । टेबुलमा देखाइए जस्तै जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो महादेश एशियामा हालसम्म करीब १.६४ प्रतिशत जनसङ्ख्यामा कोरोना संक्रमण भएको छ भने ०.०२ प्रतिशत जनसङ्ख्याको यसैका कारण मृत्यु भएको छ ।

त्यस्तै दोस्रो ठूलो जनसङ्ख्या भएको महादेश अफ्रिकामा ०.६१ प्रतिशत जनसङ्ख्यामा कोरोना संक्रमण भएको छ भने ०.०२ प्रतिशत जनसङ्ख्याको यसैका कारण मृत्यु भएको छ । जनसङ्ख्या प्रतिशतको हिसाबले सबैभन्दा धेरै कोरोना संक्रमण र मृत्यु भएको महादेश उत्तर अमेरिका देखिएको छ जहाँ १४.६१ प्रतिशत जनसङ्ख्यामा कोरोना संक्रमण देखिएको छ भने ०.३ प्रतिशत जनसङ्ख्याको यसैका कारण मृत्यु भइसकेको छ । त्यसपछि क्रमसः युरोप र दक्षिण अमेरिकामा धेरै संक्रमण भेटिएको छ भने मृत्यु युरोपभन्दा दक्षिण अमेरिकामा केही धेरै देखिएको छ ।

हालसम्म विश्वमा कोरोना महाव्याधिका थुप्रै लहरहरू आइसकेका छन् र यी सबै लहरहरूले के स्पष्ट देखाएका छन् भने महाव्याधि लहरहरू विश्वका सबै ठाउँहरूमा एकैचोटी आउँदैनन् । ती लहरहरू पटकपटक विभिन्न ठाउँमा फरक फरक समयमा आउँदछन् र अन्त्यमा महाव्याधिको अन्त्य हुन्छ ।

सन् २०२० को फेब्रुअरी महीनाको सुरुवातमा चीनमा आएको कोरोना महाव्याधिको पहिलो लहर करीब दुई हप्तामै सकियो र करीब एक महीना विश्व केही शान्त रह्यो । त्यसपछि मार्चको सुरुवातमा अचानक युरोप र अमेरिकाज (उत्तर तथा दक्षिण अमेरिका) मा चीनको भन्दा दशौं गुणा ठूलो लहर आयो र यसले करीब १० प्रतिशत संक्रमितको मृत्यु भयो ।

त्यतिबेला दक्षिण एशिया लगायत एशियाका अन्य भूभाग निकै शान्त थियो भने सिङ्गो अफ्रिकामा नगन्य कोरोना संक्रमण थियो । सोही वर्षको जुलाई अगस्टको लहरमा युरोप शान्त रह्यो भने दक्षिण एशिया, मुलतः भारत कोरोना महाव्याधिको नयाँ केन्द्रको रूपमा उदायो । त्यति बेला पनि अमेरिकाजमा भने पहिलाको महाव्याधि लहर कायमै थियो ।

सन् २०२० को अन्त्य र २०२१ को सुरुवाततिर फेरि युरोपमा ठूलो लहर आउँदा अमेरिकाजमा पनि लहर कायमै रह्यो भने दक्षिण एशिया फेरि शान्त भयो । तर त्यति बेला पूर्वी मेडिटिरानियन क्षेत्र र अफ्रिकामा पनि कोरोना संक्रमण निकै मात्रामा देखापरेको थियो । हालसम्मकै सबैभन्दा ठूलो लहरको रूपमा २०२१ को अप्रिल-मे महीनाको विश्व महाव्याधिको अर्को लहर देखापर्‍यो ।

त्यतिबेला दक्षिण एशियामा मात्रै विश्वको आधाभन्दा धेरै दैनिक कोरोना संक्रमण देखापरेको थियो । त्यतिबेला पूर्वी मेडिटिरानियन र पश्चिमी प्यासिफिक क्षेत्रमा पनि संक्रमण प्रशस्त देखिएको थियो भने युरोप र अमेरिकाजमा संक्रमण केही कम थियो । विश्व महाव्याधिको सबैभन्दा पछिल्लो लहर २०२१ को अगस्टतिर आयो । त्यतिबेला युरोप, अमेरिकाज, दक्षिण एशिया, पूर्वी मिडाटिरानियन, पश्चिमी प्यासिफिक सबैतिर समानुपातिक हिसाबले संक्रमण फैलिएको थियो ।

महाव्याधिको सामान्य सिद्धान्तले के भन्छ भने करीब दुई तिहाई जनसङ्ख्याले भ्याक्सिन लगाएपछि या दुई तिहाई जनसङ्ख्यामा संक्रमण लागिसकेपछि हर्ड इम्युनिटी अर्थात् सामुदायिक स्तरमा विकास हुने रोग विरुद्धको प्रतिरोधात्मक शक्तिको विकास हुन्छ र महाव्याधिको अन्त्य हुन्छ । तर वास्तविकता त्यस्तो देखिइराखेको छैन ।

यी सबै तथ्यले के देखाउँछ भने महाव्याधिका उतावचढावहरू विश्वमा एकैनाशका हुँदा रहेनछन् । त्यति मात्रै नभई एकै क्षेत्रका विभिन्न देशहरूमा पनि महाव्याधिका लहरहरू फरक फरक तरिकाले आउने जाने गर्दा रहेछन् ।

पछिल्लो अवस्थामा समग्र विश्व कोरोना महाव्याधिको हिसाबले केही शान्त देखिन्छ । यद्यपि अझै महाव्याधिको सुरुवाती अवस्थाभन्दा संक्रमण दर निकै माथि छ । हाल विश्वमा दैनिक कोरोना संक्रमण करीब अढाई लाखदेखि साढे चार लाखजति देखिन्छ भने दैनिक कोरोना मृत्यु चार हजारदेखि आठ हजार देखिन्छ ।

पछिल्लो समय कोरोना संक्रमण सम्बन्धि निदानका प्रविधि, उपचारका उपाय र औषधि र भ्याक्सिनको उत्पादन र प्रयोग यति व्यापक भइसक्दा पनि यति धेरै सङ्ख्यामा दैनिक संक्रमण र मृत्यु हुनु पक्कै पनि सुखद हुन सक्दैन । युरोप र अमेरिकाजका थुप्रै देशहरूमा झन्डै दुई तिहाई जनसङ्ख्याले पूर्ण भ्याक्सिन लगाउँदा पनि दैनिक कोरोना संक्रमण र मृत्युमा खासै कमी नआउनु पनि दुःखद नै हो ।

महाव्याधिको सामान्य सिद्धान्तले के भन्छ भने करीब दुई तिहाई जनसङ्ख्याले भ्याक्सिन लगाएपछि या दुई तिहाई जनसङ्ख्यामा संक्रमण लागिसकेपछि हर्ड इम्युनिटी अर्थात् सामुदायिक स्तरमा विकास हुने रोग विरुद्धको प्रतिरोधात्मक शक्तिको विकास हुन्छ र महाव्याधिको अन्त्य हुन्छ ।

तर वास्तविकता त्यस्तो देखिइराखेको छैन । हालको दैनिक संक्रमण र मृत्यु कोरोना महाव्याधिको सुरुवाती अवस्थाको भन्दा अझै ४-५ गुणा ठूलो छ । तसर्थ महाव्याधि अझै अनिश्चित अवस्थामा छ र यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा निश्चितरूपमा भन्न सकिने अवस्था छैन ।

पछिल्लो अवस्थामा विश्वको कुल दैनिक कोरोना संक्रमणको अधिकांश हिस्सा युरोप र अमेरिकाज, मुलतः अमेरिकामा भेटिने गरेको छ । हाल युरोपमा विश्वको कुल दैनिक नयाँ संक्रमणको करीब ४७ प्रतिशत भेटिने गरेको छ भने अमेरिकाजमा करीब ४० प्रतिशत ।

विश्वका अन्य क्षेत्रमा भने दैनिक संक्रमण केही कम देखिएको छ । कोरोना मृत्युको हकमा भने हाल कुल दैनिक मृत्युको करीब ४५ प्रतिशत अमेरिकाजमा रहेको छ भने करीब ३२ प्रतिशत युरोपमा । दक्षिण एशियामा हाल विश्वको कुल नया संक्रमणको करीब ६-८ प्रतिशत मात्र संक्रमण देखिने गरेको छ भने दैनिक मृत्यु पनि त्यसै हाराहारीमा देखिने गरेको छ ।

पछिल्लो अवस्थामा विश्वको औसत कोरोना मृत्यु दर, कुल संक्रमित मध्ये कुल मृत्यु करीब २.०४ प्रतिशत रहेको छ भने दैनिक मृत्यु दर, दैनिक संक्रमित मध्ये दैनिक मृत्यु, १.४ प्रतिशत देखि १.९ प्रतिशतसम्म देखिने गरेको छ । दक्षिण एशियाको दैनिक मृत्यु दर १.२५ प्रतिशतदेखि १.६० प्रतिशतसम्म रहेको छ भने हालसम्मको समग्र मृत्यु दर भने करीब १.४ प्रतिशत रहेको छ जुन विश्वको समग्र मृत्यु दरभन्दा कम छ ।

नेपालको दैनिक मृत्यु दर १.७ प्रतिशतदेखि २.० प्रतिशतसम्म रहेको छ भने हालसम्मको समग्र मृत्यु दर १.४ प्रतिशत रहेको छ जुन दक्षिण एशियाको औसत मृत्यु दर समान छ । दक्षिण एशियामा सबैभन्दा उच्च समग्र मृत्यु दर श्रीलंकाको २.५३ प्रतिशत, पाकिस्तानको २.२३ प्रतिशत र बंगलादेशको १.७७ प्रतिशत रहेको छ । भारतको समग्र मृत्यु दर १.३२ प्रतिशत छ भने माल्दिभ्स र भुटानको मृत्यु दर अति न्यून छ । अफघानिस्तानको कोरोना सम्बन्धि तथ्याङ्क एकैनासको देखिंदैन ।

यो समाचार अनलाइन खवरबाट साभार गरिएको हो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.