रेडियो र रेडियोकर्मीलाई सम्मान
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकार्तिक १३
रेडियो शैलुङ्ग सामुदायिक एफएम ९२ थोप्लो सात मेगाहर्ज र रेडियोका स्टेशन म्यानेजर विनिता शिवाकोटीलाई सम्मान गरिएको छ । रेडियो र स्टेशन म्यानेजर शिवाकोटीलाई दोलखाका छुटाछुटै सहकारी संस्थाले आज सम्मान गरेका छन् । सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक साधारण सभाको अवसरमा सहकारीको गतिविधिलाई सकरात्मक रुपमा प्रचार प्रसार गर्न सहयोग गरेको भन्दै रेडियोलाई नगद सहित सम्मान गरेको हो । चरिकोटको चरिघ्याङबाट प्रसारण हुदैँ आएको रेडियोलाई नगद सहित प्रमाण पत्र प्रदान गरेको थियो । त्यसैगरी रेडियोका स्टेशन म्यानेजर विनीता शिवाकोटीलाई जिल्ला सहकारी संघ दोलखाले १६ औँ वार्षिक साधारण सभाको अवसरमा नगद सहित सम्मान गरेको हो । शिवाकोटीले पत्रकारीता क्षेत्रबाट सहकारी क्षेत्रको प्रचार प्रशारमा महत्वपुर्ण योग्दान गर्नुभएको भन्दै सहकारीले वार्षिक उत्सवको अवसरमा नगद सहित सम्मान गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका निवासी शिवाकोटी २०६४ सालबाट पत्रकारिता गरि रहनु भएको छ ।
राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...