भर्खरै प्रकाशित: कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….

म्ह: पूजाको महत्त्व

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

म्ह: पूजा गर्दा आफूले आफ्नै शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ । यस क्रममा वर्षभरि चोट नलागोस्, बिरामी नभइयोस्, सुखशान्ति प्राप्त होस् भनेर कामना गरिन्छ । त्यसैले परिवारका सबै सदस्य एकैस्थानमा भेला भएर सामूहिक पूजा गर्छन् ।

काठमाडौँ — शुक्रबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४२ सुरू भएको छ । तिथि मितिको आधारमा यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । यो चन्द्रमासमा आधारित छ । यो संवत्‌को सबैभन्दा ठूलो विशेषता भन्नु नै यो नेपालको मौलिक संस्कृति र परम्परासँग भिजेको छ । यो नेपालको मौलिक संवत् पनि हो । यसमै आधारित रहेर नेपालका लगभग सबै चाडपर्व, जात्रा र उत्सव निश्चित गरिन्छ र त्यसैअनुसार मनाइन्छ पनि । अझ शुभसाइत हेर्नुपर्ने हो भने पनि नेपाल संवत् आधारमा तय गरिन्छ । नेपालका लगभग प्रत्येक पर्व, रितिथिति यसैमा आधारित हुने हुँदा पनि जनप्रचलनबाट भने हराएन । पछिल्लो समय यसलाई नेपालकै मौलिक संवत् मानेर यसको प्रयोग र प्रचार बढ्दो छ । केही समयअघिसम्म नेवार जातिले मनाउने विशेष पर्वको रूपमा यसको व्याख्या गर्ने गरिन्थ्यो । तर, अचेल यस्तो रहेन । यो संवत् एक खास वर्गको घेरा तोडेर सबै नेपालीको मौलिक संवत् हुने क्रममा छ ।

लक्ष्मीपूजाको भोलिपल्ट नै नेपाल संवत्काे नयाँ वर्ष सुरू हुन्छ । यस अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ । यो दिनको अर्को विशेषता पनि छ । त्यो हो यही दिन नेवार समुदायमा मनाइने विशिष्ट म्ह: पूजा । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्ह: पूजा’ गर्ने चलन छ । म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले शरीरको पूजा नै म्ह: पूजा हो ।

नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैमा विशिष्ट र मौलिक मान्न सकिन्छ । यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । अचेल यो क्रम पनि बढ्दो छ । म्ह: पूजा गर्ने क्रममा केही निश्चित परम्परालाई भने पछ्याउने काम हुन्छ । म्ह: पूजाको दिन बिहान सबेरै उठेर नुहाउने काम हुन्छ । कम्तीमा पनि राम्रोसँग हातमुख धुने चलन छ । सफा लुगा लगाइन्छ, सक्नेले नयाँ लुगा लगाउने गर्छन् ।

सबैभन्दा पहिले घरको कुनै महत्त्वपूर्ण भागमा म्ह: पूजा गर्ने स्थान निश्चित गरिन्छ र त्यसलाई सफासुग्घर राखिन्छ । यस्तै म्ह: पूजाका क्रममा प्रयोग हुने सामग्रीलाई पनि सफा गरिन्छ । गोबरले भुइँ लिप्नु पर्छ । परिवारमा सदस्यको संख्या जति छ, त्यसैअनुसार पूजा सामान र त्यसमा प्रयोग हुने अरू सामग्रीको व्यवस्था गर्नु पर्छ । म्ह: पूजामा प्रयोग हुने सामग्री पनि विशेष हुने गर्छन् । सगुनका लागि विशेषखाले पूजा थालीका रूपमा कोतसलाई प्रयोग गरिन्छ ।

फूलमा सयपत्री, भीमसेनपाती, मखमली र गोदावरी चाहिन्छ । यस्तै पूजाका क्रममा सिन्दुर, अक्षता, नैवेद्य, इता (सानो बत्ती), जजङ्का (जनै) पनि प्रयोग गरिन्छ । सगुनमा हाँसको फूल नै चाहिन्छ । यस्तै सिंगो माछाको आवश्यकता हुन्छ । यी दुई महत्त्वपूर्ण र आवश्यक हुन्छन् । भोजमा भने यस्तै हुनुपर्छ भन्ने हुन्न । त्यो आफूखुसी हुन्छ, विशेषतः आफूले सक्दो अथवा परिवारमा परम्परादेखि कस्तो खाले भोज गरिन्छ, त्यो त्यसैअनुसार हुने गर्छ । भोजमा कसले कति फर्माइस गर्न सक्छन्, त्यसमा पनि भोजको स्वरूप भर पर्छ ।

म्ह: पूजामा आसन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सूर्य उदय हुने पूर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्ह: पूजा गरिन्छ । त्यसको अर्थ दक्षिण र उत्तर दिशातर्फ फर्केर म्ह: पूजा गरिन्न । यदि स्थानको अभाव अथवा असजिलो छ भने कम्तीमा परिवारको मूलले भए पनि पूर्व अथवा पश्चिम दिशातर्फ फर्केर आसन लगाउने गरिन्छ । विशेषतः घर सानो छ भने यो विधि अपनाइन्छ ।

म्ह: पूजा गर्ने जति परिवारका सदस्य छन्, प्रत्येकको अगाडि जलमण्डल बनाउनु पर्छ, यो अर्को उत्तिकै महत्त्वपूर्ण तथ्य भयो । त्यही जलमण्डलको बीचमा पाँचवटा तेलको चक्का बनाउनु पर्छ । यो चिकंमन्दका रूपमा प्रसिद्ध रहेको छ र यसलाई तेलमण्डल पनि भनिन्छ । त्यस मण्डलको नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन् । परिवारका कोही सदस्य बिरामी छन् अथवा घरबाहिर अथवा विदेशमा छन् भने पनि उनको प्रतिनिधित्व स्वरूप मण्डल बनाइने गरिन्छ । यो म्ह: पूजाको एउटा विशिष्ट पक्ष हो । त्यसैले परिवारका सबै सदस्यका नाममा जलमण्डल बनाउनु परेको हो । पूजाका क्रममा पुरुषले टोपी लगाउँछन् । महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् । यो परम्परा अहिलेसम्म कायम छ । म्ह: पूजाको दार्शनिक पक्ष पनि उत्तिकै उल्लेखनीय छ । नेवार समुदायमा अधिकांश चाडपर्व र त्यसका पूजा प्रतीकात्मक हुने गर्छन् । यी प्रतीकले विशेष र फरक अर्थ बोक्ने गरेको हुन्छ ।

नेपालीमाझ मङ्गल कामना गर्ने विशिष्ट र मौलिक परम्परा रहेको छ । त्यसैले म्ह: पूजाका बेला मङ्गलका सबै प्रतीक फलफूल, माछा, फूल ग्रहण गर्ने परम्परा रहेको छ । आफ्नो शरीरको पूजा गर्ने यस परम्परामा दार्शनिक पनि पक्ष उत्तिकै कायम रहेको पाइन्छ । म्ह: पूजा गर्दा आफूले आफ्नै शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ र यस क्रममा वर्षभरि चोट नलागोस्, बिरामी नभइयोस्, सुखशान्ति प्राप्त होस् भनेर कामना गरिन्छ । त्यसैले परिवारका सबै सदस्य एकैस्थानमा भेला भएर सामूहिक पूजा गर्छन् । म्ह: पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्टदेवताको पूजा गर्ने गर्छन् । हिन्दु नेवारले भने बलिराजाको पूजा । संस्कृतिविद् मदनसेन बज्राचार्य भन्छन्, ‘यी दुवै पूजाको मूल आशय एउटै छ र त्यो हो, त्याग तथा दानशीलताको भावना । मानिसको आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि तल्लीन हुन सकोस् भनेर स्मरण गर्ने काम हुन्छ र यो पनि प्रत्येक वर्ष नयाँवर्षको दिन अझ सान्दर्भिक हुन्छ ।’

पूजाका क्रममा मण्डल बनाइन्छ । त्यसमा खेलुइतास् बालिन्छ । हाम्रो जीवन पञ्चस्कन्ध र पञ्चतत्वले बनेको हुन्छ । मानिसको जीवन मृत्युपछि पृथ्वीमैविलिन हुन्छ । यो वास्तवमा शून्यतामा विलिन हुनु हो । मानिसको जीवन वास्तवमै शून्यताजस्तै हो । यही भाव मण्डल र खेलुइतास्ले दिइरहेको हुन्छ । खेलुइतास् भनेको लामो बत्ती हो । अरू बत्तीभन्दा यो लामै हुन्छ, ठ्याक्कै भन्दा हाम्रो अनुहारको लम्बाइ बराबर । अनुहारले कोही पनि मानिसको वास्तविक परिचयको प्रतिनिधित्व गरिरहेको हुन्छ ।

यसलाई बालेपछि यो खरानीमा परिणत हुन्छ । बज्राचार्य भन्छन्, ‘यसलाई बाल्नुको पहिलो अर्थ हामीले पनि चारैतर्फ प्रकाश छर्न सकौँ भन्ने हो । दोस्रो, हाम्रो शरीर पनि एकदिन यस्तै खराब हुनेछ भनेर बोध गराउनु पनि हो । खासमा आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौँ भनेर नै प्रतीकात्मक रूपले म्ह: पूजा गरिन्छ ।’ म्ह: पूजाको क्रममा प्रयोग हुने मखमली फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ ।

ओखर कहिलै पनि कुहिँदैन । त्यसैले यो स्वास्थलाभ होस् भनेर गरिने कामना हो । फूल, माछा र फलफूलको मिश्रण शक्तिको प्रतीक हो । माछालाई प्रज्ञाको प्रतीक मानिन्छ । यस्तै फूललाई करूणा । पूजामा सानो पानीको भाँडो पनि प्रयोग हुन्छ । यो यमुनाको प्रतीक हो । कमलको फूलको आठ भागले आठ दिशा तथा अष्टाङ्गिक मार्गको प्रतिनिधित्व गर्छ । सुकुन्दामा गणेश, नाग, कलश, दीप हुन्छन् । गणेश मङ्गल, नाग काल, कलश लक्ष्मी, दीप प्रकाशको प्रतीक मानिन्छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

मंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

  मंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाता

  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददाता

    दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...

.