भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

सडक मानवमुक्त अभियानको दुई वर्ष नाघ्यो, अझै मुक्त भएन सडक

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

,कात्तिक १९ गते । काठमाडौंका अधिकांश सडकपेटीमा गीत गाएर,कुनै घाउ देखाएर, साना छोराछोरी देखाएर,आफ्ना विलौना सुनाएर पैसा माग्नेहरु प्रशस्त भेटिन्छन् । २०७६ साल असोज १३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘सरकारले अब छिट्टै मानवमुक्त,भिखारीमुक्त देश घोषण गर्नेछ’ भन्ने भाषण गर्नुभएको थियो । यो उद्घोष उहाँले नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गर्दा गर्नुभएको हो ।
तर, घोषण भएको दुई वर्ष वितिसक्दा पनि सडकमा विभिन्न बहानामा माग्न बस्नेहरुको कमी छैन । सरकारको निति तथा कार्यक्रममा पनि “मानवरहित सडक” प्राथमिकतामा पर्दछ । यति हुँदाहुँदै सडकमा मागेरै खानेहरुको कमी देखिएको छैन् ।
यता २०७६ मंसिर २४ मा काठमाडौं महानगरले पनि सडकपेटीमा माग्न बसेको भेटिए कारबाही गर्ने सूचना जारी गर्यो । उक्त सूचना जारी गरेको दुई बर्ष वितिसक्दा पनि न सरकारले कोहीलाई कारबाही नै गर्न सकेको छ, न सडकमा माग्न नै छाडेका छन् । महानगरका सूचना अधिकारी बसन्त आचार्यले बेसहारा मानिसको अल्पकालिन र दीर्घकालिन समाधानका लागि महानगरले योजना बनाइरहेको बताउनुभएको छ ।
‘हामीले मानवमुक्त सडक बनाउने योजनामै निरन्तर लागिरहेकै छौँ, ऐन,नियम अनुसार सडकमा बस्नेहरुलाई कारबाही गर्दा हामीलाई नै अप्ठ्यारो पर्यो’ आचार्यले भन्नुभयो । मानवसेवा आश्रमसँग मिलेर काम गरिरहेपनि सडकमा रहेका मानिस आश्रममै बस्न नचाहाने, परिवार नै उनीहरुलाई खोज्न आश्रम नै जाने भएकाले पनि समस्या भैरहेको उहाँको भनाइ छ ।
परिवारसँग पुनर्मिलन गराएर अबदेखि सडकमा नबस्ने लिखित प्रतिबद्धता गरेपनि फेरी अर्को दिन बाट नै सडकमा माग्न आउने गरेको उहाँ बताउनुहुन्छ । ‘हामीले धेरैलाई सडकबाट उठाएर मानवसेवा आश्रम लग्यौँ तर कतिपय अर्को दिन नै भागेर हिड्ने,कतिपयलाई लिन परिवार नै मानवसेवा आश्रम पुग्ने गर्दछन्,उनीहरुलाई लिखित कागजात गराएर छोड्छौँ तर फेरि अर्को दिनदेखि सडकमै आइपुग्छन् ,’उहाँले भन्नुभयो ‘नितिगत रुपमा गएर कारबाही गर्दा महानगरलाइ नै दोषी देख्छन् ।’
नितिगत रुपमा सडकमा भिक्षा माग्न नै प्रतिबन्ध छ । महानगरले सडक मानवमुक्त बनाउन महानगर,नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच सम्झौता भएर नागार्जुनमा भवन बनाउदै गरेको पनि जानकारी दिनुभयो ।
यता मानवसेवा आश्रमले आफूहरुले सहयोगापेक्ष सडकमुक्त मानव नेपाल बनाउने अभियानका साथ काम गरिरहेकाले सहारा नपाएर सडकमा रहेकालाई मात्र आश्रममा ल्याउने गरेको जनाएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सडकमा बेसहारा बनेका नागरिकलाई मात्र आश्रममा राख्ने भएकाले सडकमा रक्सि खाएर पैसा माग्नेहरु प्राथमिकतामा नपर्ने बताउनुभयो । ‘सडकमा माग्न बस्ने अधिकांश रक्सी खाने र आफ्नै घरबास भएका हुन्छन् यसकारण हामीले घरबास नभएका र बेसाहारा भएका मानिसलाई मात्र आश्रममा राख्दछौं’ अधिकारीले भन्नुभयो ।
अहिलेसम्म बेसाहारा बनेकालाई खोजी–खोजी आश्रममा ल्याउने गरेको उहाँको भनाइ छ । हालसम्म देशका १६ जिल्लामा २४ वटा मानवसेवा आश्रम  छन् । जहाँ एक हजार ६०० जना मानिस छन् । जसमध्ये एक हजार जना मानसिक समस्याका व्यक्ति छन् । यो समाचार गोरखापत्र अनलाइनमा प्रकाशित रहेको छ ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.