मादल घन्केपछि देउसिरे भाका
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताघरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।
नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो ।
आज मादल बजेको किन
गाउँघर दुनियाँ ब्यूँझाउन
मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ । मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।
भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ । वसन्तपुरकी मादल व्यवसायी कुलुले भन्नुभयो, “यस पटक मादल व्यापार अलि बढेको छ ।” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ ।
देउसीमा बलीराजाको महिमा गाइन्छ । मादलको तालमा लोक लयमा देउसी गाउने शैलीले युवापुस्तालाई समेत आकर्षित गरिरहेको छ । मादल घन्केपछि देउसिरे भट्याउन उत्साहित हुन्छन् ।
लोकबाजा सङ्ग्रहालयका रामप्रसाद कँडेलले भन्नुभयो, “देउसी लोकगायन हो । लोकशैली हो । त्यसको साथमा लोकबाजा मादल अनिवार्य नै हुन्छ । यसको तालले युवालाई समेत आकर्षित गर्छ ।”
उहाँका अनुसार जस्तोसुकै गीतमा पनि विभिन्न ताल काट्न मिल्ने मादलको माग अन्य बेलाको तुलनामा तिहारमा अत्यधिक हुने गरेको छ । नेपाली लोकभाकामा झ्याउरे र ख्याली बढी प्रचलित छन् ।
मादलबाट ३६ वटा ताल, बोल सिर्जना हुने कँडेल बताउनुहुन्छ । मादल ताला बाजा हो । विशेष गरी मगर समुदायमा यस बाजाको ३६ वटा ताल, बोल रहेको पाइन्छ । यो समाचार गोरखापत्र अनलाइनमा प्रकाशित रहेको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...