भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

आजदेखि जनगणना सुरू

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना सुरू गरिएको छ।

जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन्। यसका लागि देशभर गरी ८ हजारभन्दा बढी गणक खटिएका छन्।

एक जना गणकले एक दिनमा करिब एक दर्जन घरपरिवारको जनगणना गर्न सक्ने आँकलन गरिएको छ।

आज केन्द्रमा भने राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणनाको सुरूवात गर्ने तयारी छ।

यस्तै गरी प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको जनगणना गरेर गणनाको सुरूवात गर्ने कार्यक्रम छ। वडामा भने वडाध्यक्षको जनगणना गरेर सुरू हुनेछ।

केन्द्रीय तथ्यांक विभागले दिएको जानकारीअनुसार जनगणनाका लागि स्थानीय तहमा ३५०, जिल्लामा ७७ भन्दा बढी र सातै प्रदेशमा जनगणनाका लागि कार्यालय खुलेका छन्।

जनगणना कार्य यही मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।

यसअघि कात्तिक १८ सम्म घरपरिवार सूचीकरण गरिएको थियो। यसअघि सरकारले २०६८ मा जनगणना गरेको थियो। १० वर्षको अन्तरालमा जनगणना गर्ने गरिन्छ। यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.