३५० वर्ष पुरानो नाच जसमा राजा स्वयं नाच्न आउँथे
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताविद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू थिए। सिद्धिनरसिंहका उनै दुई गुरूको ‘कात्तिक नाच’ सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन ‘नृपविनोद काव्य’ मा पाइन्छ।
साढे तीन सय वर्षभन्दा पुरानो यो नाच बुधबारबाट पाटन, मंगलबजारको कात्तिक डबलीमा प्रदर्शन हुँदैछ।
राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।
दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।
तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई ‘कात्तिक नाच’ भनियो।
‘नेपाल संवत् १०७० (विसं २००७) अघिसम्म यो नाच प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी महिनादिन नचाउने परम्परा थियो,’ ललितपुर महानगरपालिकाले निकालेको किताब ‘ललितपुर र कात्तिक नाचको पृष्ठभूमि’ मा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, ‘पछि यो नाचमा शिथिलता देखा पर्न थालेको छ।’
राजाका पछिल्ला पुस्ताले नयाँ नयाँ कथा थपेर बढाउँदै लगेको नाचलाई अहिलेका मान्छेले भने अभिवृद्धि गर्दै लग्न सकेका छैनन्। बरू भएका दिन पनि घटाउँदै जार्ने क्रम बढेको छ।
२००७ सालअघिसम्म यो नाच छेभडेल अड्डाबाट सञ्चालन हुने गर्थ्यो। यसमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटक कलाकार) को संख्या २ सय ८० सम्म पुगेको थियो। पछिल्लो समय नाचको परम्परा वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शनमा मात्र सीमित छ।
कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि कुनै वर्ष ८ दिन र कुनै वर्ष १० दिनसम्म प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी सार्वजनिक रूपमा प्रदर्शन हुँदै आएको छ,’ सत्यमोहन जोशीले लेखेका छन्।
कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट सुरू हुन्छ। पछिल्लोपटक यो नाच प्रदर्शन हुँदा कोरोना कारण दुई दिन मात्र देखाइएको थियो। यस वर्ष आठ दिन देखाइने जानकारी समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले दिए। कोरोनाले नाच तयारी गर्ने समय कम भएको उनले बताए।
‘कात्तिक नाचको उद्देश्य देशमा विध्नवाधा रोक्नु र शान्ति, सुस्वास्थ्य कायम राख्नु हो,’ शाक्यले भने, ‘यसले जनतालाई मनोरञ्जन दिनुका साथै धार्मिक, नैतिक र समाजिक ज्ञान पनि दिन्छ।’
आठ दिनसम्म देखाउन लागिएको कात्तिक नाचमा कस्ता-कस्ता कथा हेर्न पाइन्छ भनेर हामीले शाक्यसँग कुराकानी गरेका छौं।
१. कात्तिक २४ गते – सुदामा प्याखँ
यो नाचमा भगवान कृष्ण र उनका साथी सुदामाको कथा देखाइनेछ। सुदामा गरिब भए पनि भगवान कृष्णसँग उनको घनिष्ठ मित्रता हुन्छ। दुवैको प्रेमपूर्ण सम्बन्ध यो नाचमा देखाइने छ।
बाल्यकालदेखिको साथी भए पनि सुदामा जवान हुँदै जाँदा लोभी हुँदै जान्छन्। मान्छे लोभी हुँदै गयो भने दरिद्रता पनि भोग्नुपर्छ भन्ने सन्देश यो नाचले दिन्छ। यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...