नोबेल विजेता मलालाले गरिन् विवाह
4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकाठमाडौँ — नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले विवाह गरेकी छिन् । २४ वर्षीया मलालाले मंगलबार बेलायतको बर्मिघंम सहरमा असर मलिकसँग विवाह गरेकी हुन् । उनले समाजिक सञ्जालमा आफू र असरबीच विवाह भएको जानकारी दिएकी छिन् । उनले विवाहलाई आफ्नो ‘जीवनकै एक मूल्यवान दिन’ भएको बताएकी छिन् । पारिवारिक जमघटका बीच सानो समारोहमा आफूहरूको विवाह भएको उनले बताएकी छिन् । महिला अधिकारकर्मीका रूपमा कार्यरत मलालालाई सन् २०१२ मा तालिबान समूहले टाउकोमा गोली हानेको थियो । त्यसपछि उनलाई उपचारका लागि बेलायतको बर्मिघंम लगिएको थियो । सन् २०१४ मा उनलाई १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी नोबेल पुरस्कार पाउने अहिलेसम्मकै कम उमेरकी विजेता हुन् । मलालाका श्रीमान् असर मलिक पाकिस्तान क्रिकेट बोर्डअन्तर्गतको नेसनल हाई परफर्मेन्स सेन्टरमा महाप्रबन्धकका रूपमा कार्यरत छन् । मलालाले पनि विभिन्न अन्तर्वार्तामा आफू क्रिकेटको ठूलो प्रशंसक रहेको बताउँदै आएका छन् । असरले लाहोरस्थित एचिन्स कलेज र लाहोर विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । पाकिस्तान क्रिकेट बोर्डसँग आबद्ध हुनुभन्दा अघि पीएसएल टिम मुल्तान सुल्तान्समा आबद्ध थिए । गत वर्ष मात्रै पीसीबीले पाकिस्तानमा क्रिकेट विकासका लागि नेसनल हाई परफर्मेन्स सेन्टर गठन गरेको थियो । यसको निर्देशकमा पूर्व टेस्ट क्रिकेटर नदीम खानलाई निर्देशक बनाइएको छ । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...