भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

दोलखामा महाकवि देवकोटा जयन्ती

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा
कात्तिक २७

दोलखामा महाकवि देवकोटा जयन्ती मनाइएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठान, दोलखाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्ती कार्यक्रम आयोजना गरिएको हो । दोलखा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा दोलखाका साहित्यकर्मी तथा साहित्यानुरागीहरुको उपस्थितिमा देवकोटाको तस्वीरमा माल्यार्पणसहित नेपाली भाषा तथा साहित्यमा देवकोटाको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा साहित्यकार मुरारि मृदु तथा रामप्रसाद सापकोटाले देवकोटाको व्यक्तित्व, कृतित्त्व तथा उहाँका रोचक प्रसङ्गहरुको चर्चा गर्नुभएको थियो । प्रतिष्ठानकी सल्लाहकार तथा कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले मुनामदनको लोकलय छन्द गाउँदै रचनासमेत वाचन गर्नुभएको थियो । कवि तथा गजलकार जीत कार्कीको छन्द कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार टहल आचार्य, सर्जकहरू अर्जुन अपवाद, अर्जुन गौतम, राजन बस्नेत, सुन्दर खड्का लगायत रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं दोलखाका अग्रज साहित्यकार शङ्करलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न जन्म जयन्ती तथा रचनावाचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.