भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जग्गा जमिन माथि महिलाको स्वामित्व बढ्दै

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेपाल सरकारले महिलाका नाममा जग्गा पास गर्दा छुट दिने व्यवस्था लागु गरेपछि दोलखामा जग्गा जमिन माथि महिलाको स्वामित्व बढ्दै गएको छ।जिल्लामा महिला शसक्तिरणका लागि सरकार गरेको उक्त निर्णय प्रभावकारी हुदैँ गएको देखिएको छ ।जिल्ला मालपोत कार्यालय दोलखामा गत आर्थिक बर्ष २०७७ ÷०७८ मा २ हजार ५सय ८ जनाको जग्गा पास भएकोमा ९ सय २७ जना महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय दोलखाका प्रमुख मुरारी दुलालले जनाकारी दिनुभयो ।उहाँका अनुसार कार्यालयम् चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै २सय ८१ जना महिलाको नाममा जग्गा पास भएको छ ।चालु आर्थिक वर्ष २०७८/०७९मा ४महिनाको अवधिमा ७ सय९१ जनाको जग्गा पास भएकोमा २सय ८१ जना महिलाको नाममा जग्गा पास भएकोहो ।सरकारले नगर क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रका महिलाको नाममा जग्गा पास गर्दा ३५ प्रतिशत राजस्वमा छुट दिने व्यवस्था गरेको छ । पुरुषको नाममा भन्दा महिलाको नाममा जग्गा पास गराउदा छुट दिन थालेपछि महिलाका नाममा पास गराउने क्रम बढ्दै गएको जिल्ला मालपोत कार्यालय दोलखाले जनाएको छ ।त्यसैगरी जिल्लाको साविकका लामावगर,खारे,गौरीशंकर,श्यामा,चिलखा र विगु गाविसमा महिलाको नाममा जग्गा पास गर्दा ५०प्रतिशत छुटको व्यवस्था गरिएको मालपोत कार्यालय दोलखाले जनाएको छ

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.