भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

वक्तृत्वकला प्रतियोगिता

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दोलखाले लैङ्गिक हिंसा न्युनीकरणमा शिक्षाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत भीमेश्वर नगरपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा पशुपति कन्या माविकी विपना नेपाली प्रथम,कुटीडाँडा माविका विप्लव घिमिरे द्वितीय कालिञ्चोक माविका कृष्ट शिवाकोटी तृतीय,कालिञ्चोक माध्यमिक विद्यालयकै स्वाती मैनालीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाका सहसंयोजक नवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतले हिंसा न्युनीकरणको लागि आपैmबाट शुरु गर्नुपर्ने धारणा राख्नु भयो । प्राप्त गरेका सकारात्मक ज्ञानलाई घरपरिवार र समाजमा बाँड्न बालबालिकालाई आग्रह गर्नुभयो । भीमेश्वर नगरपालिकाको सम्वृद्धिका लागि बालबालिकाको भूमिका महत्वपूर्ण हुने भन्दै असल नागरिक बन्न सभ्य र सुसंस्कृत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिकारकर्मी एवं महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखाकी अध्यक्ष तारा तमाङ्ले कार्यक्रममा सहभागी बालबालिकालाई शुभ कामना दिँदै महिला हिंसा अन्त्यका लागि सबै लाग्नु पर्ने धारणा राख्नुभयो । बालबालिकाले सामाजिक समस्या,विकृति र विसंगतिका विरुद्ध कदम चाल्न सके महिला तथा बालिकामाथि हुने सवै प्रकारका हिंसा न्युनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । सही शिक्षा र चेतनाको विकास भए मात्र बालिका माथि हिंसाका घटनामा कमी आउने बताउनुभयो ।
निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएका भीमेश्वर नगरपालिका शिक्षा प्राविधिक सहायक विष्णु खत्रीले बालबालिकालाई शुभ कामना दिँदै लैङ्गिक हिंसा न्युनीकरण बालबालिकाको क्षमता विकास र बालअधिकार संरक्षणका लागि नगर शिक्षा शाखा सधै साथमा रहेको धारणा राख्नुभयो । कार्यक्रममा ६ विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । गौरीशंकर बहुमुखी क्याम्पसकी विद्यार्थी लक्ष्मी श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.