मदिरा नियन्त्रित क्षेत्र घोषणा
4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
पुष ८
(दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ४ को पैयुस्वाँरा टोललाई मदिरा नियन्त्रीत क्षेत्र घोषणा गरिएको छ । पारिजात स्वास्थ्य सुधार आमा समुहको अगुवाईमा पैयुस्वाँरा टोलमा रहेका २९ घरका नागरिकले विगत एक वर्ष देखि मदिरा सेवन र विक्रि वितरण पुर्णरुपमा निषेध भएपछि टोललाई मदिरा नियन्त्रित टोल घोषणा गरिएको हो । वडा स्तरीय मदिरा न्युनीकरणका समितिको आयोजना,कालिञ्चोक गाउँपालिका र ग्रामिण विकास टुकी संघ दोलखा, सिविन नेपाल,ओसेलिप परियोजना मदिरा न्युनिकरण कार्यक्रमको पहलमा एक कार्यक्रममा गरि मदिरा नियन्त्रित टोल घोषणा गरिएको हो ।महिलाहरुबाट मदिराका कारण हिंसा बढेको व्यापक गुनासो आएपछि आमा समुहको अगुवाइमा टोललाई मदिरा नियन्त्रित घोषणा गरिएको सिविन नेपालका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले जानकारी दिनु भयो । पैयुस्वाँरा टोलमा मदिरा नियन्त्रित गरिएको टोलका कसैले मदिरा सेवन गरेमा ५ सय रुपैयाँ जरिवाना लिने गरिएको आमा समुहले जनाएको छ । वडा नम्वर ४ का कार्यबहाक अध्यक्ष धन बहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, टुकी सिविन खोपाचाँगुका प्रमुख रामचन्द्र सिंह,सिविन नेपालका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदी,वडा नम्वर पाँचका वडा सदस्य राधिका खड्का,टुकी सिविनका सामाजिक परिचालक आरती ओली,भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक चित्र बहादुर खड्का,जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक सुर्वण कार्की, तेत्तिसकोटी आधारभूत विद्यालयका प्रधानाध्यापक खड्गध्वज खत्री, महिला स्वास्थ्य स्वयमसेविका दुर्गा खड्का लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...