माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता१८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।
हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । ‘अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको छ, ’मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयले यस विषयमा र्यापिड एक्सन प्लान तयार गरिरहेको छ ।’
उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो ।
मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।
पहिलो : बढ्दो ‘एस जीन’ नेगेटिभ
नेपालमा हालसम्म ओमिक्रोनका तीन केसहरु पुष्टि भएको छ । अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक भएकाले थप सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन् ।
कुनै पनि संक्रमितमा भएको भाइरस ओमिक्रोन भेरियन्ट हो कि होइन भन्ने पत्ता लगाउने जिन सिक्वेन्सिङ गर्नुपर्छ । त्यसअघि पोजेटिभ आएका नमुनाहरु स्क्रिनिङ गर्ने गरिन्छ, जसमा ‘एस जीन’ नेगेटिभ आएकाहरु मात्र जिन सिक्वेन्सिङ गरिन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार देशभरबाट आएका नमुनामा हाल ‘एस जीन’ नेगेटिभ संख्या बढिरहेको बताउँछन् । ‘पहिला दुई हजार नमुना परीक्षण गर्दा २/३ वटा ‘एस जीन’ नेगेटिभ पुष्टि भएको थियो,’ डा. झाले भनिन्, ‘तर, आजभोलि सो संख्या बढिरहेको छ ।’
यसअघि ‘एस जीन’ नेगेटिभ आएको तीनवटै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । यद्यपि कति संख्यामा ‘एस जीन’ नेगेटिभ आएको छ खुलाउन चाहिनन् । उनले अघि भनिन्, ‘एस जीन’ नेगेटिभ’ आउँदा ओमिक्रोन हुनसक्ने सम्भावना बढी हुन्छ । त्यसैले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने गरेका छौं ।’
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार ‘एस जीन’ नेगेटिभ’ केस बढ्नुको अर्थ नेपालमा पनि ओमिक्रोन भेरियन्टको संख्या बढिरहेको छ भन्ने हुन्छ । ‘ओमिक्रोन अन्य भेरियन्टभन्दा २/३ गुणा फैलिने भएकाले अहिले रोकथाम तथा नियन्त्रणका लागि तत्कालै काम गर्नुपर्छ,’ डा. अधिकारी भन्छन् ।
दोस्रो : सीमानाकाहरुमा संक्रमित भेटिने क्रम बढ्दो
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दिनमा नेपाल–भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको छ ।
महाशााखाका प्रमुख डा. कृष्ण पौडेलले केही दिनयता प्रवेश विन्दुमा संक्रमितको संख्या बढिरहेको बताए । त्यही कारण मन्त्रालयले आइतबार परेको परिपत्रमा पनि सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरिएको छ ।
‘अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ । नेपाल–भारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन्,’ महाशाखाका प्रमुख डा. पौडेलले भने, ‘यो संक्रमण उकालो लाग्ने वा तेस्रो लहरको पूर्वसंकेत हो ।’
त्यस्तै कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । विज्ञका अनुसार ‘आर भ्यालु’ को मतलब संक्रमण दर हो ।
यसले बताउँछ कि कति जना एक सङ्क्रमित व्यक्तिद्वारा थप सङ्क्रमित हुन सक्छन् । यदि आर फ्याक्टर भन्दा बढी छ भने यसको मतलब सङ्क्रमण बढ्दै छ। त्यसैगरी आर फ्याक्टर १ भन्दा कम भएमा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ ।
‘असार पहिलो सातामा आर–भ्यालु ०.६ सम्म झरेको थियो । अहिले ‘आर भ्यालु’ विस्तारै बढ्दै गएको देखिन्छ,’ डा. पौडेलले भने , ‘आर भ्यालु’ एकभन्दा बढी बढ्दै गएमा महामारी नियन्त्रण बाहिर जाँदै छ भन्ने बुझ्नुपर्छ।’
तेस्रो : भारतमा ओमिक्रोन फैलँदै
साभार https://www.onlinekhabar.com/
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...