भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

नेकपा एमाले दोलखाको अध्यक्षमा नर बहादुर श्रेष्ठ निर्वाचित

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

पुष २६

दोलखा — नेकपा एमाले दोलखाको दशौ अधिवेशनबाट नरबहादुर श्रेष्ठ विजयी हुनु भएको छ । सोमबार राति सम्पन्न मतगणनामा उहाँले ५०९ मत प्राप्त गरेर विजयी हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी भरत दुलालले २८४ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठले प्रतिद्वन्दी दुलाललाई २ सय २५ मतको अन्तरले पराजित गर्नु भएको थियो । । यस्तै उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी हुनुभएको छ । उहाँले २७४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रेमकुमारी चौलागाईले २६५ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्षमा ४ जना प्रत्यासी थिए।
यसैबीच सचिव पदमा हिरा थोकर विजयी हुनु भएको छ। थोकरले होम पाठकलाई २ सय २६ मतको अन्तरले पराजित गरेर विजयी हुनु भएको हो।

 

दुई सिटको उपसचिव पद मध्ये एउटा सिटमा धर्मेन्द्र मोक्तानले जिते भने अर्को सिटमा कमला बस्नेत र सुन्दर कार्कीको बराबरी मत आएको छ। यस्तै सचिवमा ४९६ मत ल्याएर हिरा थोकर विजयी भएका छन् । उपसचिवमा धमेन्द्र मोक्तान विजयी भएका छन् ।।र

कमला बस्नेत र सुन्दर कार्कीबीच बराबरी भएपछि दुवै जनाले आधाआधा कार्यकाल पाउने भएको निर्वाचन कमिटीले जनाएको छ । दुवै जनाले २२३ समान मत प्राप्त गरेका थिए । एमाले जिल्ला कमिटीमा २ जना उपसचिव रहने व्यवस्था छ । ९० सदस्यीय जिल्ला कमिटी मध्ये अधिकांशमा चुनाव भएको थियो। भुगोल तर्फका गौरीशंकर गाउँपालिकाको महिला, जिरी, विगु, शैलुङ, भीमेश्वर, कालिञ्चोक गाउँ पालिकाका महिला सदस्य र भुगोलकै गौरीशंकर, जिरी, विगु, मेलुङ, मजदुर, कालिञ्चोक पालिकाका खुला सदस्य निर्विरोध भएको निर्वाचन समितिका संयोजक शंकरलाल श्रेष्ठको भनाइ छ ।
आइतबार भएको मतदानमा ८ सय ७ मत खसेको थियो। २३ गते उद्घाटन सत्र सम्पन्न गरेको नेकपा एमाले दोलखाले २४ गते मनोनयन दर्ता र २५ गते निर्वाचन सम्पन्न गरेको थियो ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.