भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

दोलखाको शैलुङ गाउँपालिका स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

 

माघ ३

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा दोलखाको शैलुङ गाउँपालिका भरीका स्थानीय तह मध्ये सबै वढी अंक ल्याउन सफल भएको छ । यो वर्षको LISA मुल्यांकनमा शैलुङ गाउँपालिका दोलखा र घोराही उपमहानगरपालिका दाङ देश भरका ७५३ स्थानीय तहहरु मध्ये सबैभन्दा बढी अंक प्राप्त गरेर प्रथम भएका हुन् । दुवैले १०० सुचकांकमा ८९।५ अंक प्राप्त गरेका छन्। गत आर्थिक वर्ष २०७७÷०७८ मा देशभरीका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाको शैलुङ गाउँपालिका देशभरीका गाउँपालिका मध्ये सबै बढी अंक ल्याउन सफल भएको हो । । देशभरीका ७ सय ५३ वटा पालिकाहरु मध्ये सबै भन्दा ८९ दशमलव ५ नम्वर ल्याउन सफल भएको पालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनबाट शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा बिषय क्षेत्रहरु तय गरिएको थियो र ती विषयगत क्षेत्रमा राखिएका एक सय वटा सूचकहरूको आधारमा स्वमूल्याङ्कन गरिएकोमा पालिका सबै भन्दा बढी अंक ल्याउन सफल भएको पालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिनुभयो । त्यसैगरी पालिका गत आर्थिक वर्ष २०७६÷०७७ मा देशभरीका गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाको शैलुङ गाउँपालिका देशभरीका गाउँपालिका मध्ये सबै बढी अंक ल्याउन सफल भएको थियो । देशभरीका ४ सय ६० वटा पालिकाहरु मध्ये सबै भन्दा ८८ नम्वर ल्याउन सफल भएको पालिकाले जनाएको छ । २०७६ सालमा गाउँपालिकालाई वागमती प्रदेशले प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मान गरेको थियो । कार्यसम्पादन,महालेखा परीक्षकको कार्यालयको वित्तिय प्रतिवेदन लगाएतका सुचकको आधारमा प्रदेशका १३ वटा जिल्ला १ सय १९ स्थानीय तह मध्ये गाउँपालिका उत्कृष्ट भएको थियो ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.