क्षमता विकासका लागि उद्घोषण तालिम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिकामा महिलाहरुको क्षमता विकासको लागि ३ दिवसीय उद्घोषण कार्यक्रम सम्पन्न भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं ७ को सहयोग तथा वडास्तरीय महिला क्षमता तथा सीप विकास समन्वय समितिको आयोजनामा सञ्चालित तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । समन्वय समितिकी अध्यक्ष कृतिका शिवाकोटीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका उपप्रमुख कालिका पाठकले महिलाको क्षमता विकासको लागि बोल्ने कलाको विकास महत्वपूर्ण रहेको धारणा राख्नु भयो ।
बोल्न सकेमात्र अधिकार लिन सकिने भन्दै महिलाहरुलाई सही कुरामा बोल्न पछि नपर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष चेत बहादुर खड्काले अवको स्थानीय तहको निर्वाचनका लागि सबै पदमा महिला तयार भएर रहन आग्रह गर्नुभयो । महिलाको क्षमता विकासको लागि वडा सधै तयार भएको प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँ कार्यपालिका सदस्य कल्याणी शिवाकोटी,सित्का माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुजय शिवाकोटी लगायतले शुभ कामना दिनु भएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...