भुकम्प गएको ६ वर्ष सम्म पनि पशु कार्यलयको भवन बनेन,सेवा प्रवाहमा समस्या
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेश सरकार अन्तगर्त रहेका दोलखाका सरकारी कार्यलयमा दरबन्दी अनुसार कर्मचारी नहुदा काममा ढिलासुस्ती भएको नै छ भवन नहुदा सेवा प्रवाहमा समेत समस्या हुदै आएको छ ।
यसकै एउटा उदाहरण हो, प्रदेश माताहतमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा ।
भुकम्पछि भवन भत्किएर भवन अभाव भएको ६ वर्ष बितिसकेको छ ।
भवन अभावपछि बाग्मती प्रदेश सरकारले भवन निर्माणको लागी २०७७÷०७८ मा १ करोड ५० लाख बजेट विनियोजन पनि गरेको थियो ।
यसवर्ष पनि सोही रकम पठाएपनि डिपिआरको लागी रकम नहुदा भवन निर्माण हुने नहुनेमा अन्यौलता सिर्जना भएको छ ।
दोलखा र सिन्धुपाल्चोक जिल्लाको एकै स्थानबाट सेवा प्रवाह गदै आएका यस कार्यलयमा भवन अभाव हुदा विभिन्न सेवा प्रवाह एउटै कोठबाट गर्नुपर्ने बाध्यता छ ।
माटो परिक्षण र डिपिआरको लागी ५ देखी ७ लाख लाग्ने भएकाले सो रकम छुट्टिएर नआएकाले भवन निर्माणको काम सुरु हुन नसकेको हो ।
भवन अभाव भएपछि भुकम्पले चर्किएको भवनबाट नै सेवा प्रवाह हुदै आएको छ ।
भवन अभावकै कारण गाई भैसी, कुकुर, बाख्राहरुलाई छुट्टाछुट्टै स्थानबाट सेवा दिन समेत कठिनाई भइरहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. निशान्त शर्माले बताउनुभयो ।
भवन निर्माणको लागी डिपिआर तया गर्न बजेट माग गरी पत्र प्रदेश सरकारलाई पठाएकाले यस वर्ष चाही भवन बन्नेमा कार्यलयका कर्मचारी आशावादी बनेका छन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि निर्माणको लागी चासो दिइरहेकाले यो आर्थिक वर्षमा भवनले गती लिनेमा आशावादी बनेका छन
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...