भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।

सबैभन्दा बढी जनसंख्या हुने जिल्ला काठमाडौं

काठमाडौँ — काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ । नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ ।

त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका परेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ ।

धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ

सबैभन्दा बढी जनसंख्या हुने जिल्ला काठमाडौं

काठमाडौँ — काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ । नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ .

त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका परेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ ।

धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ ।

नेपालको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ

 

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.