लोक संस्कृति हराउँदै जाने भाे
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातागाउँमा पुजा तथा अन्य शुभकार्य हुने टुंगो लाग्नेवित्तिकै कालिञ्चोक गाउँपालिका वडा नं ८ का ८१ वर्षीय खड्ग प्रसाद शिवाकोटीलाई आयोजकले निम्ता दिन्थे । शिवाकोटीसहितको टोलीले त्यस्ता घरमा गएर रातभरी भजन भन्थे । यसकै आधारमा रातभर जाग्राम हुन्थ्यो ।
शिवाकोटीलाई आजभोलि यो सम्झना आइरहन्छ । आजभोलि यस्ता कार्यक्रममा साउन्ड सिष्टमबाट गित बज्छन् । यस्ता भजनहरु हराई सकेका छन् । भजन गाउने त परको कुरा । बुझ्ने मान्छे पनि भेटिन छाडेका छन् ।
परम्परागत लोक संंस्कृति आजका पुस्ताले छाडेको भन्दै जेष्ठ नागरिकले चिन्ता गरेका छन् । पिता पुर्खाको नासोको रुपमा रहेको मौलिक पौराणिक भजनदेखि सबै प्रकारका लोकसंस्कृति आजका पुस्ताले परम्परा विर्सेको भन्दै दोलखा सुनखानीका जेष्ठ नागरिकले चिन्ता प्रकट गरेका हुन् । कालिञ्चोक गाउँपालिका वडा नं ८ का ८१ वर्षीय खड्ग प्रसाद शिवाकोटी लोक संस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । वर्षभरीका चाडपर्व होस् या मेलापात समय अनुसारका साँस्कृतिक उत्सव सबै व्यवहार विर्सेको उहाँको भनाइ छ । अर्का ८१ वर्षकै जेष्ठनागरिक प्रेम बहादुर आचार्य पुर्खाले चलाएको संस्कृति लोप हुन थालेकोमा निकै चिन्तित भएको बताउनुहुन्छ । आफ्नो पालामा विहानदेखि बेलुकासम्म त के सातादिन सात रात पौराणिक भजन र श्लोक भन्न सकिन्थ्यो अव त कसैले चासो नदिएको भन्दै अहिलेका केटाकेटीमा पहिलेको जस्तो जाँगर र संस्कृतिप्रतिको मोह नभएको बताउनुभयो । “ पहिले पूजा,विहे,जात्रा, जमघट,घर,गोठ भजन र श्लोक नभन्ने कोही थिएन,अहिले कथा जस्तो भयो ,गाउँन लाग्यो केटाकेटी खिसी गर्छन् । उहाँले भन्नुभयो ,“ असारमा गाउँने असारे,दाईँमा गाउँने दयारे,दशैंमा गाउँने मालश्री,विहेमा खेलिने रत्यौली,अनि मेला –जात्रा) अनुसारका पौराणिक भजन सबै सबै हराएको छ । यसको सट्टा युवायुवती मोबाइल, इन्टरनेट र टिभिमा रमाउन थालेका छन् ।”
लोक संस्कृतिकी पारखी ६५ वर्षीया दुर्गा पाठकले लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा अवका सन्ततिले वास्ता नगरे संस्कृति नरहने बताउनुभयो ।
अग्रजबाट आफूले सबै संस्कार लिन नसकेको कारण अरुलाई हस्तान्तरण गर्न नसिकएको सामाजिक अगुवा एवं पूर्व शिक्षक राम बहादुर शिवाकोटीको भनाइ छ । मौलिक संस्कृति नेपाली समूदायको धरोहर भनिएपनि युवा पुस्ताले नअंगाल्दा ओझेलमा पर्ने खतरा बढेको भन्दै संरक्षणमा ढिलो भैसकेकोले अव विद्यालय तहको स्थानीय पाठ्यक्रममा मौलिक संस्कृतिलाई समावेश गरी बालबालिका बीच प्रतिस्प्रर्धा गराएरै भएपनि लोकसंस्कृति संरक्षण लाग्नु पर्ने धारणा राख्नुभयो ।
प्रत्येक स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्दा लोकसंस्कृतिलाई व्यवहारिक सिकाइको आधार खडा गर्न नसके यो पुस्ताको अवसानसंगै सबै मौलिकता पनि सकिने धारणा वृद्ध चौतारी कालिञ्चोक ८ का अध्यक्ष प्रेम प्रसाद शिवाकोटीको भनाई छ ।
एकातिर यहाँका मेला—पात, चाँडपर्व लगायतका शुभ कार्यमा परम्परागत लोक संस्कृतिमा का गतिविधि घटिरहेको समयमा लोक संस्कृति, भावी पुस्तामा हस्तान्तरण नहुने चिन्ता कालिञ्चोक ८ का युवा प्रवेश आचार्यको रहेको छ । भौतिक विकासलाई मात्रै विकास देख्ने स्थानीय सरकारले लोक संस्कृतिको संरक्षणलाई प्राथमिकता नदिएको समेत आचार्यले गुनासो गर्नुभयो ।
लोक संस्कृतिकै जर्गेना गर्न गाउँपालिकाकै पहलमा बृद्ध चौतारी व्यवस्थापनसंगै कला,साहित्य र संस्कृतिको विकासका लागि गाउँपालिकाले योजना बनाएर अगाडि बढिरहेको गाउँपालिका उपाध्यक्ष कालिका पाठकको दावी छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...