भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

ढुङ्गामा खुलेको सुन्दरता ‑ स्टोनपार्क जिरी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी
माघ २३

पारिपट्टि रामेछाप जिल्ला । वारी दोलखा । बीचबाट बग्छ खिम्ती खोला । नाममा खोला भएपनि यो नदि हो । यही नदि किनारमा रहेका ढुंगाहरु कालीगढले कुँदेको आकृति भन्दा कम छैनन् ।

यस क्षेत्रको धार्मिक स्थल जटापोखरी पाँचपोखरी हुदै वग्दै आइपुग्ने खिम्ती खोलाको सुसेली । पारी पाखाभरी शेर्पा जातिका मौलिक बस्ती । कतै पहाड, कतै खोंच, कतै पाटन अनि सुन्दर हरियाली वन । पार्कको छेवैमा वगेको कोटखोला अनि यो सुन्दरतालाई नजिकैबाट नियालिरहेको गज्र्याङ ढुङ्गा माध्यमिक विद्यालय ।

दोलखा जिल्लाका पर्यटकीय स्थलहरु मध्य अत्यन्तै रमणीय स्थल जिरीको स्टोन पार्क बनेको छ । दोलखाको जिरी नगरपालिका वडा नं १ श्यामामा पर्ने ढुङ्गै ढुङ्गाले सजिएको अनुपम सुन्दरताले भरिएको स्थान हो स्टोनपार्क । प्राकृतिक, ऐतिहासिक एवं पर्यटकीय तवरले छुट्टै अस्तित्व बोकेको जिरीको अर्को सुन्दरता खोज्न आजभोलि घुमफिरका पारखीहरु स्टोनपार्क पुग्ने गरेका छन् । वास्तवमा स्टोन पार्क अलौकिक छ । सुन्दर छ । आकर्षक र लोभ लाग्दो छ । खिम्ती खोलाको किनारमा रहेका ठूला र असङ्ख्य बान्की परेका ढुङ्गालाई सजाएर अहिले स्टोन पार्क बनाइएको छ ।

जिरी नंगरपालिका वडा नं १ पुम्पास्थित गर्जाङढुङ्गा अहिले स्टोनपार्क नामाकरण गरिएको छ । सडक किनाराबाटै पार्कलाई तार बार लगाएर सुरक्षित बनाइएको छ । पार्कमा ढुङ्गामाथि बनाइएका लोभ लाग्दा् प्रतिक्षालय, खानेपानी, , शौचालय, ठाउँठाउँमा राखिएका आकर्षक कटेज,हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल,बालबालिकाका लागि फन पार्क,खेल मैदान जस्ता सुविधाको व्यवस्थापन गरिएको छ । वडा नं १ का वडाध्यक्ष लाक्पा शेर्पा भन्नुहुन्छ, “गर्जा थरका शेर्पा जातिका १० भाइ बसोबास गरेको स्थान भएकोले त्यस ठाउँलाई पहिला गर्जाङ भनेर चिनिन्थ्यो ।” गर्जाङढुङ्गाकै नामबाट माध्यमिक विद्यालयको नामाकरण गरिएको छ । जुन अहिलेपनि सोही स्थानमा रहेको छ । विद्यालयकै आँगनमा अहिले स्टोन पार्क बनाईको छ ।

आजभोलि शैक्षिक संस्थाका अध्ययन भ्रमण,संघसंस्थाका वनभोज अनि पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

रामेछापको शिवालय क्षेत्रदेखि नै नदिकिनारका लोभलाग्दा खुल्ला पाटनले सबैको मन लोभ्याउँछ नै ।

स्टोनपार्कबाट पारि भागमा रामेछापको खरानी टारले उस्तै सुन्दरता बोकेको देखिन्छ । खरानी टार र स्टोन पार्कको मध्यभागबाट बग्ने खिम्तीखोलाको शालीनता उत्तिकै लोभ लाग्दो छ । जिरीकै वडा नं १ मा पर्ने धार्मिक एवं पर्यटकीय स्थल जटापोखरी र पाँचपोखरीको पानी बग्दै मिसिएको खिम्ति खोलाको पानी अचाउँदा पनि मनोकामना पुरा हुने जनविश्वास रही आएको छ । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन अनि कलकल बग्ने खिम्ती खोलाको पानीले ६० मेघावाट खिम्ती खोला जलविद्युत आयोजनाको पहिचान बनाएको छ । दोलखा, रामेछाप, सोलुखुम्बु र काठमाडौं, लगायतबाट पर्यटकहरु स्टोन पार्क घुम्न आउने क्रम बढेको छ । प्रसिद्ध पाँच पोखरी, जट्टा पोखरीको यात्रा समेत यही बाटो प्रयोग गर्ने भएकाले पर्यटकहरुको चहलपहल बढ्दो क्रममा रहेको छ ।

निकट भविष्यमा नै सिसि क्यामेरा जडान र फ्रि वाइफाईको व्यवस्था गर्ने तयारी भइरहेको वडाध्यक्ष शेर्पाको भनाई छ । स्टोनपार्क भित्रै पिकनिक स्पोर्ट,तयारी चुल्हो र सुविधासम्पन्न हलको निर्माण गरिएको छ । पिकनिक खानेहरुका लागि भाँडाको समेत व्यवस्थापन गर्ने तयारी रहेको समेत वडाले जनाएको छ । पार्कसम्म जान सडक सोलिङ गरिएको छ ।
पार्कभित्रैमा बुद्ध गुरु रिम्पोछे र महादेवको मूर्ति निर्माण गरिएको छ । ढुङ्गामाथि निर्माण भएका यी अन्य मूर्तिको तुलनामा थप आकर्षित देखिन्छन् । स्टोनपार्क मात्र नभएर स्टोनपार्क आसपासमा पाङनागी,ठूलनागी,राबु लगायतका अझै आकर्षक सुन्दर र फराकिला फाँटहरु प्रसस्त छन् । धार्मिक एवं पर्यटकीय स्थल पाँचपोखरी जटापोखरी वडा नं १ मा नै पर्छ ,घुमफिर हाइकिँङको लागि यो क्षेत्रमा राम्रो सम्भावना भएकाले पूर्वाधार निर्माणमा प्रयासरत रहेको वडाध्यक्ष शेर्पाले बताउनु भयो ।

शेर्पा र क्षेत्री समूदायको बसोबास रहेको उक्त स्थानमा बुद्ध र महादेवको मूर्ति निर्माण गरी धार्मिक सहिष्णुतालाई अझै प्रगाढ बनाउने प्रयास भएको जिरी नगरपालिका उपमेयर कृष्णमाया बुढाथोकीको भनाइ छ । जिरी आफैमा पर्यटकीय स्थल हो । जिरीका अन्य वडाहरु अझै सुन्दर र मनमोहक छन् । यहाँको प्राकृतिक सुन्दरतालाई थप चिनाउन प्रयास गरिएको उपप्रमुख बुढाथोकीले बताउनु भयो । स्टोन पार्क निर्माणका लागि हालसम्म बागमती प्रदेश सरकारबाट ७० लाख, जिरी नगरपालिकाबाट ३९ लाख, युएनडीपि र स्थानीय श्रमदानबाट १३ लाख, श्यामा शेर्पा किदुकबाट १५ लाख र प्रतिनिधि सभा सांसद जीपछिरिङ शेर्पाबाट १५ लाख रुपियाँ प्राप्त भएको थियो ।

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना निर्माण भइरहेको उपाध्यक्ष बुढाथोकीले बताउनु भयो । जिरीका सबै वडालाई पर्यटकीय गन्तव्य बनाउन नगरले काम शुरु गरिसकेको छ । वडा नं २ मा रहेको यलुङ उपत्यकालाई पनि पर्यटन विकासको लागि ठूल ढुङ्गा,देउरालीलाई आकर्षक गन्तव्यको रुपमा विकास गरिएको छ । स्टोनपार्क पुग्नको लागि वडा नं २ यलुङ उपत्यका हुदै ठुलढुङ्गा,देउरालीको बाटोबाट पुग्न सकिने गरि सडक निर्माणको काम भइरहेको उपाध्यक्ष बुढाथोकीको भनाइ छ । हाल स्टोन पार्क पुग्न जिरीबाट सिउरानी ,खिम्ती खोला तरेर रामेछाप गोकुलगंगा गाउँपालिकाको बाटो हुँदै स्टोन पार्क पुग्न सकिन्छ ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.