भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

नेकपा एमाले जिल्ला कमिटि बैठकका निर्णय सार्वजनिक

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग नेकपा एमाले दोलखाले प्रथम वैठकका निर्णय तथा आगामी योजना पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नवौ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिले आत्मनिर्भर दोलखा निर्माण गर्ने लगायतका निर्णय तथा कार्ययोजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद पार्वत गुरुङले एकतासहितको सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । २०७४ को निर्वाचनमा नेकपा एमालेले गुमाएका २ पालिकासहित जिल्लाका सबै पालिका जित्ने गरी योजना निर्माण गरी अगाडि बढ्ने जानकारी दिनुभयो । जिल्ला कमिटि मनोनयन गर्दा एकलौटी भएको गुनासो आएको छ नि ? भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै साँसद गुरुङले उच्च तहका सबै नेतृत्व बसेर गरेको निर्णयले कोही कसैलाई पनि अन्याय नगरेको बताउनुभयो । उहाँले भन्नुभयो“सबैको भावना समेटिने गरी व्यवस्थापन हुन्छ । पार्टीलाई एक ढिक्का बनाएर लाने अभियानमा लागेका छौ,पार्टीका सम्मानित समिति,प्रदेश कमिटि र उच्च तहका विभागहरुमा व्यवस्थापन गरिने छ ।”
कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले समग्र बैठकका निर्णय र कार्ययोजनाका विषयमा जानकारी गराउनु भयो । निर्णयका विषयमा जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले पाटीलाई एकतावद्ध बनाएर लाने प्रतिवद्धता व्यक्त गर्नुभयो । दोलखाको विकास र सम्बृद्धिको लागि पत्रकारहरुसंग सहकार्य गर्दै जाने उद्देश्य अनुरुप नेकपाले गरेका निर्णय र कार्ययोजनाको जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले दोलखाका उपाध्यक्ष एवं प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल, भरत बहादुर केसी लगायत जिल्ला कमिटि सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रचार तथा प्रकाशन विभाग नेकपा एमालेका प्रमुख राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनले नेकपा एमाले दोलखाको माघ २१ र २२ गते बसेको पहिलो वैठकको निर्णय आगामी योजना सार्वजनिक भएको हो ।
नेकपा एमाले दोलखाको माघ २१ र २२ गते बसेको पहिलो वैठकले शंकरलाल श्रेष्ठको संयोजकत्वमा जिल्ला सल्लाहकार परिषद र रामदास श्रेष्ठको संयोजकत्वमा जेष्ठ कम्युनिष्ट मञ्च सहित १६ जना जिल्ला कमिटि सदस्य मनोनित गरेको छ । सचिवमा शिवहरि थापालाई मनोनित गरेको छ भने जेष्ठ कम्य’निष्ट मञ्चको संयोजकमा राामदास श्रेष्ठ मनोनित हुनुभएको छ । सचिवमा धन बहादुर थामी रहनु भएको प्रचार तथा प्रकाशन विभाग नेकपा एमाले दोलखाले जनाएको छ ।

मनोनित जिल्ला कमिटि नामावली
जिव;राज खड्का,
ऋषिकेश उप्रेती,
कमलराज खत्री,
हेमन्त चौलागाई,
धनबहादुर तामाङ,
हरि ओली,
छिरिङ वाङ्दे शेर्पा,
सोम बम्जन,
कुमार लगुन,
दिपेन्द्र शिवाकोटी,
गणेश प्रसाद शिवाकोटी,
दुर्गा काफ्ले,
हिरण्यबहादुर गुरुङ,
निमा सांगे शेर्पा,
सन्तोष राउत,
दिनेश बस्नेत

भूगोलतर्फ जिम्मेवारी
भीमेश्वर नगरपालिका
इन्चार्जः नवीन लामा
सहइन्चार्जःकैलास श्रेष्ठ
जिरीनगर पालिका कमिटि
इन्चार्ज ः गोपाल जिरेल सखा
सहइन्चार्ज ः तेजबहादुर यासी, कृष्णमाया बुढाथोकी
गौरीशङ्कर गाउँपालिका कमिटी
इन्चार्ज ःस्वयमबहादुर खड्का
सहइन्चार्ज ःजेबि गुरुङ, झलक कुमार कार्की
बैत्यश्वर गाउँपालिका कमिटी
इन्चार्ज ःऋषिकेश उप्रेती
सहइन्चार्ज ः रेशम रिमाल, डबल बहादुर तामाङ
तामाकोसी गाउँपालिका कमिटी
इन्चार्जः देवी प्रसाद शर्मा
सहइन्चार्ज ःनवीन नेपाली, धिरज सुवेदी, वसन्त थापा
मेलुङ गाउँपालिका कमिटी
इन्चार्ज ः छत्रराज उप्रेती
सहइन्चार्ज ःगायत्री आचार्य, सोम बम्जन
शैलुङ गाउँपालिका कमिटी
इन्चार्जः धनबहादुर तामाङ
सहइन्चार्जः इश्वर न्यौपाने, लालमाया योजन
कालिञ्चोक गाउँपालिका कमिटी
इन्चार्ज ःरोहित चन्द्र खड्का
सहइन्चार्ज ः गणेश प्रसाद शिवाकोटी, लक्ष्मण थामी
विगु गाउँपालिका
इन्चार्ज ः कुमार खड्का
सहइन्चार्ज ः गोमा केसी र प्रविण खड्का

 

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.