दोलखाका ९६ हजार बाख्राभेडामा पिपिआर खोप कार्यक्रम सञ्चालन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
माघ २०
दोलखामा भेडा बाख्रालाई निःशुल्क पिपिआर रोग विरुद्धको खोप शुरु भएको छ । वागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत दोलखाका सबै भेडा बाख्राहरुलाई पिपिआर रोगविरुद्धको खोप लगाउन मंगलबारबाट शुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका प्रमुख माधव दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार खोप कार्यक्रमका लागि जिल्लामा ४० जना प्राविधिक छनोट गरि परिचालन गरिएको छ । जिल्लाका सबै पालिकाहरु मार्फत पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिएको होे । पिपिआर भेडा बाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । जिल्लामा अभियानको क्रममा ९६ हजार भेडा बाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाईने लक्ष्य रहेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...