भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

सहस्र धारासहित स्वस्थानी ब्रत समापन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र धारासहित नगर परिक्रमा गर्दै सम्पन्न गरिएको हो । । वैदिक सनातन हिन्दू अनुसार पुस शुक्ल पूर्णिमादेखि घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत दोलखामा सहस्र धारा सहित विधिपूर्वक समापन गरिएको छ । स्थानीयको सक्रियतामा स्वस्थानी पूर्णिमाको दिन वाणारसी मन्दिरबाट त्रिपुसुन्दरी मन्दिर हुँदै दोलखाको ऐतिहासिक बजार क्षेत्रमा रहेका विभिन्न मठमन्दिरमा परिक्रमा गर्दै भीमेश्वर मन्दिरमा पुगेर समापन गरिएको छ ।
परम्परादेखि नै स्वस्थानी पूर्णिमा दिन सहस्रधारा परिक्रम गर्ने चलन रहेको स्थानीय तुलसी नारायण जोशीले जानकारी दिनुभयो ।
स्थानीय जोशीका अनुसार “पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले विहानै नुवाइधुवाइ गरी शुद्ध र पवित्र वस्र पहिरन गरी बाँसको लिङ्गोमा श्रीस्वास्थानी फोटो टाँस्ने,ध्वजापताकाले सिँगार्ने र प्वाल भएको माटोको घँैटो अथवा तामाको गाग्रीमा पानी र गाईको दुध मिसाइ भर्ने र बाँसको लिङ्गोमा बाँधी बोकेर मन्दिर परिक्रमा गर्ने चलन गरेको छ । ब्रतालुहरुले परिक्रमा गर्दै घैँटोमा पानी थप्दै जाने गर्दछन् । पानीले शरीर सिञ्चित समेत गर्दछन् ।”
सहज्र धारासंगै माधवनारायण भजन,पुराना भजन, स्वस्थानी व्रतकथा, विभिन्न बाजागाजाका साथ सहज्र धारा बहाउदै बजार क्षेत्रमा रहेका सबै मठमन्दिर परिक्रममा गर्ने गरिएको छ । करिब ३ घण्टाको सहज्र धारा परिक्रमा पछि भीमेश्वर मन्दिरमा पुगेर विधिपूर्वक ब्रत समापन गरिएको स्थानीयले बताएका छन् ।
आरम्भको दिनदेखि पूर्णिमा सम्म स्थानीय जम्मा भएर विहान माधवनारायाया भजनकृतन गर्ने चलन रहेको छ । त्यसैदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि समापन गरिएको छ ।
विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको छ ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.