भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

शेयर सदस्यलाई आत्मनिर्भर बनाउन सिप विकास तालिम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

परोपकार महिला सहकारी संस्था दोलखाले शेयर सदस्यलाई आत्मनिर्भर बनाउन सिप विकास तालिमलाई जोड दिएको छ । सहकारीले ढाकाको मास्क,पर्स र व्याग बनाउने तालिम भर्खरै सम्पन्न गरेको छ । भीमेश्वर नगरपालिकासंगको साझेदारीमा ५ दिने तालिम सञ्चालन गरेको सहकारीले जनाएको छ । सिप सिकाईबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन विगतका वर्षदेखि नै विभिन्न सिप विकास तालिमहरु संचालन गरिरहेको संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले जानकारी दिनुभयो ।

 


शेयर सदस्य महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न योजनाका साथ काम शुरु गरेकोे अध्यक्ष सापकोटाको भनाइ छ । सिप विकास तालिमका साथैसहकारीबाट सहज आर्थिक लगानी गर्दै व्यवसाय विकासमा लैजाने समेत योजना रहेको उहाँले बताउनुभयो ।
छोटो समयको तालिमबाटै सहभागिले आकर्षक सामग्री उत्पादन गर्न सफल भएको भन्दै संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाईँले सहभागिलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो । सिप सिके पछि व्यवसाय सञ्चालन गरेर अगाडि बढ्ने सहभागिले प्रतिवद्धता व्यक्त गरेका छन् ।
तालिममा १७ जना शेयर सदस्यको सहभागिता रहेको थियो ।
यस अगाडि पनि सहकारीले शेयर सदस्यका लागि आयमूलक र सिपमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.