बुढाभीमसेन माविको ५३ औ स्थापना दिवस
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर नगरपालिका ५ मा रहेको वुढाभीमसेन माध्यमिक विद्यालय धरमघर दोलखाले विभिन्न कार्यक्रमको आयोजना गरी ५३ औं स्थापना एवं १५ औ अभिभावक दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामचन्द्र बस्नेतले विद्यालयमा भएको भौतिक सुविधालाई शैक्षिक गुेणस्तर बृद्धिका लागि प्रयोग गर्न आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जानु राम्रो संकेत नभएको भन्दै आकर्षण बनाउन सबै पक्षले कर्तव्य भुल्न नहुने सुझाव दिनुभयो । कार्यक्रममा विशेष अतिथिको भूमिकामा रहनुभएका भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले सामुदायिक विद्यालयमा रहेको शैक्षिक चुनौतिको समाधान गर्न समस्याको जड पत्ता लगाउनु पर्ने समय आएको धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षा भीमेश्वर नगरले विद्यालय पोसाकमा एकरुपता,कक्षा ५ सम्मका बालबालिकालाई पोसाक वितरण,कक्षा ५ सम्मका बालबालिकालाई खाजाको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । यसैवीच कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका पूर्व अध्यक्ष कृष्ण कार्कीले समयको माग अनुसारको शिक्षा दिन नसके शिक्षामा लगानी चुनौति हुने अनुभव सुनाउनुभयो । बालबालिकाको मनोभावना र विश्व बजारले खोजेको नागरिक उत्पादनका लागि अवको शिक्षा प्राविधिक धारको हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य रुपा शाही भुजेल,वडा सदस्य तारा नेपाली,विद्यालयका पूर्व अध्यक्ष विष्णुबाबु कुवँर,बालकृष्ण कुवँर,अभिभावक सहदेव कार्की लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयमा देखिएका समस्या समाधानका लागि विद्यालय प्रसासनले उपयोगी र वलियो योजना वनाएर जानुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन कार्कीले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र लेखा शिक्षक जगत बहादुर कार्कीले आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विद्यालयका बालबालिकाले विभिन्न साङ्गितिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए । यसैविच सन्ध्यामा आयोजना दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापका सहभागीलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष लक्ष्मी कुमारी खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अक्षय कोष छात्रवृत्ति वितरण
विद्यालय स्थापनाको ५३ औ वर्ष पूरा गरेको सन्दर्भ पारेर विद्यालयमा स्थापना गरिएका ३ छात्रवृत्ति अक्षय कोषबाट ३७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गीय बम बहादुर थापाले स्वर्गीय धर्मपत्नी रामकुमारी थापाको स्मृतिमा स्थापना गरेको स्व रामकुमारी थापा स्मृति अक्षय छात्रवृत्ति कोषबाट २६ जना गरीब तथा जेहेन्ददार बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । यसैबीच स्वर्गीय सावित्री कार्की अक्षय छात्रवृत्तिकोषबाट २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट हुने १० जना बालबालिकालाई नगद छात्रवृत्ति प्रदान गरिएको छ भने स्वर्गीय कर्णबहादुर मनमाया अक्षय छात्रवृत्ति १ जना बालिकालाई प्रदान गरिएको छ ।
अभिभावक,शिक्षक र विद्यार्थीको सम्मान सम्मान
विद्यालयको ५३ औं स्थापना दिवस एवं १५ औ अभिभावक दिवसको अवसरमा विद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षक कल्पना कार्की सम्मानित हुनु भएको छ । यसैगरी अभिभावकमा पैयूँस्वारा निवासी सिता श्रेष्ठ सम्मानित हुनु भएको छ भने कक्षा १० की पार्वती विश्वकर्माले उत्कृष्ट विद्यार्थीको सम्मान पाउनु भएको छ । वि.स. २०२५ सालमा स्थापना भएको विद्यालय ५३ औ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...