सहकारीका बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
राष्ट्रिय सहकारी बैंक दोलखा शाखाले सहकारीका बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिमको आयोजना गरेको छ । सहकारीको वित्तीय विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन वजार प्रतिनिधिलाई तालिम प्रदान गरेको राष्ट्रिय सहकारी बैंक दोलखा शाखा प्रमुख हेमन्त चौलागाईले बताउनु भयो । उहाँले भन्नुभयो “सहकारी संस्थामा माथिल्लो स्तरका कर्मचारीको मात्रै क्षमता विकासको परिपाटीले निरन्तरता पाएको अवस्थामा जुनियर स्टाफको क्षमता विकास अनिवार्य र अपरिहार्य लागेर तालिमको आयोजना गरेका हौं । यो कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गरिएकोले सहभागी सबै उत्साहित भएका छन् । आगामी दिनमा पनि निरन्तरता दिने छौ ।”
वचत तथा ऋणको कारोबार बैंकको मुख्य कार्य भएपनि सहकारी संस्थाहरुको स्तरीकरण,प्रवद्र्धन, वित्तीय विकास,का लागि बैंक सधै अग्रस्थानमा रहेर सहयोग गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा व्यवसायिक योजना बनाउने,सस्तो व्याजदरमा कर्जा उपलब्धता,प्रविधिको विकाससंगै बजार व्यवस्थासम्म कार्य गर्दै जाने योजना रहेको जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा सहभागीहरुलाई शाखा प्रमुख चौलागाईले प्रमाण पत्र वितरण गर्नु भएको थियो । तालिम समापनमा सहभागिहरुले तालिम व्यवहारिक र उपयोगी भएको भन्दै आयोजकलाई धन्यवाद दिए ।
कार्यक्रमको सहजीकरण तालिम प्रशिक्षक भोला खतिवडाले गर्नुभएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...