फागुन २६ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।
नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले बताएको छ ।
यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।
आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ ।
स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन हुने पनि जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा खटाउन निर्वाचन आयोगले न्याय परिषद र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग जिल्ला न्यायाधीश तथा उपसचिवस्तरका कर्मचारीको नामावली माग गरेको थियो । ती नामावली प्राप्त भएको र अध्ययनको क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।यो समाचार अनलाइन खवरमा प्रकाशित छ ।
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...
जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाताजनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...