दोलखाका बालबालिका नेपालकै पहिलो बालमैत्री नगर देवचुलीको भ्रमणमा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका दोलखाले नगरभित्रका बाल क्लवका प्रतिनिधिहरुका लागि ४ दिने अध्यययन अवलोकन भ्रमण आयोजना गरेको छ । । बालमैत्री नगरपालिकाको अवलोकन र वालमैत्री नितीगत अभ्यास अनुभव आदानप्रदान गर्ने उद्देश्यले भ्रमणको आयोजना गरेको भीमेश्वर नगरपालिका वरिष्ठ कार्यक्रम अधिकृत नारायण प्रसाद सेढाइँले बताउनु भयो । अध्ययन अवलोकन भ्रमणमा २२ जना बालबालिका ४ जना कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको देवचुली नगरपालिकाको भ्रमण गर्दैं बालमैत्री नगर देवचुलीका कार्यालय कर्मचारी र बालक्लवसंग अनुभव आदानप्रदान कार्यक्रम गरिएको थियो । ०७५ सालमा नेपालकै पहिलो बालमैत्री नगर देवचुलीले सामुदायिक विद्यालयमा विद्यालय बस सञ्चालन गर्न सहयोग गर्दैं बालक्लव सक्रिय रहेको फरक अनुभव जानकारी गराएका थिए । भने वागमती प्रदेश कै पहिलो बालमैत्री नगर भीमेश्वरका बालबालिकाले पनि नगरले सञ्चालन गरेका अभियानका विषयमा आपना अनुभूति साँटेका थिए । देवचुली नगरपालिकासंगै पर्यटकीय क्षेत्र पोखरा र गोरखाको मनकामना लगायतका क्षेत्रको अवलोकन गरे ।
अध्ययन भ्रमणमा सहभागि भएका बालबालिकाले भ्रमण निक्कै फलदायी भएको प्रतिक्रिया दिएका छन् । भ्रमणमा सहभागि बुढाभीमेसन मावि धरमघर दोलखाकी छात्रा सलिना खड्काले खुसी हुँदै भन्नुभयो,“ नयाँ ठाउँ घुमेर असल कुरा सिक्न पाउँदा हामी खुसी भएका छौ । बालक्लवमा बसेर नमुना काम गरेर देखाउन उत्साह थपिएको छ । ”
।नगरको बालमैत्री अभियानलाई सार्थक बनाउन प्रस्तावित वार्षिक कार्यक्रम अन्तरगत अध्ययन अवलोक भ्रमणको आयोजना गरिएको आयोजकको भनाई छ ।
वालक्लव पुनरगठन र परिचालन,बालविवाह विरुद्धको अभियान सञ्चालन,बालक्लवका पदाधिकारीलाई तालिम,अभिमुखीकरण,बालभेला सञ्चालन,सरोकारवाला निकायको अनुगमन,अभिभावक विहीन बालबालिकालाई सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । भीमेश्वर नगरपालिकामा ३० भन्दा बढी बालक्लवहरु क्रियाशील रहेका छन् ।
बालमैत्री घोषणापछि बालबालिकाको पहिलो भ्रमण भएको नगरले जनाएको छ । आगामी दिनमा अध्ययन अवलोकन भ्रमणलाई निरन्तरता दिने नगरपालिका बालबालिका शाखाको योजना रहेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...