महिलालाई अवसर दिन किन कन्जुस्याईँ ?
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
कुनै पनि देशको विकासमा महिला पुरुष दुबैको भूमिका अपरिहार्य छ । घरपरिवार, समाज हुदै देश विकासमा महिलाको महत्वपुर्ण भूमिका छ भन्ने कुरामा दुई मत नहुदा पनि किन पछाडि छन् त महिलाहरु ?महिलाहरुको हक अधिकारको स्थापना, राजनैतिक तथा आर्थिक र सामाजिक विकासका लागि कानुनी, नीतिगत र विकास कार्यक्रमहरुको माध्यबाट अगाडि ल्याइनु पर्दछ । यी आवाजहरु वर्षौदेखि उठ्दै आएका छन् । आज देशभर मनाइएको श्रमिक महिला दिवसमा पनि यीनै सवालले प्राथमिकता पाए ।
११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजना गरिएको एक कार्यक्रमका अधिकाशं सहभागिको आवाज पनि एउटै रह्यो ? महिलालाई अवसर दिन किन कन्जुस्याईँ ? साक्षरता दर, उच्च शिक्षामा पहँुचको कमी र सार्वजनिक पदमा पुरुष सरह महिलाको सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न गएको हो भन्ने कार्यक्रममा अधिकाशं सहभागिको साझा धारणा थियो ।
हुराडेक नेपाल दोलखा मार्फत संञ्चालित पारस्परिक जवाफ देहिता परियोजना,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,, महिला अधिकार मञ्च दोलखाको आयोजनामा महिला नेतृत्व र शिक्षा अधिकारको सुनिश्चितता सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागिले साझा धारणा राखेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले अवको समय आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भएको बताउनुभयो । उहाँले भन्नुभयो,“महिला जति नै क्षमतावान भएपनि विभिन्न वहानामा महिलालाई निर्णायक पदमा आउन दिँदैनन् ।। महिलाले महिलालाई साथ नदिने परिपाटीका कारण पनि महिलाले संविधान प्रदत्त अधिकार प्राप्त गर्न कठिन भयो । यसका लागि महिलाहरु नै एक ढिक्का हुनुपर्छ ।”
कार्यक्रमलाई सम्बोधन गर्दै कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठकले महिलाले कानुनी अधिकार पाएपनि व्यवहारमा उपेक्षा गरेको अनुभव सुनाउनुभयो । जबसम्म स्थानीय तहको प्रमुख भएर काम गर्न सकिँदैन,निर्णायक भूमिका निर्वाह गर्न सम्भव छैन् । यसैले अधिकार सुनिश्चित गर्न सकिँदैन उहाँले भन्नुभयो,“कानुनसंगै मानसिकतामा पनि परिवर्तन आउनुपर्छ, अव अवसर प्राप्त गर्न महिलाहरु लड्नु पर्ने समय आएको बताउनुभयो ।”
कार्यक्रममा नेपाली काँग्रस वागमती ापप्रदेश सदस्य अनिता श्रेष्ठले पार्टीगत भन्दा पनि महिला नेतृत्वका लागि सबै महिला एक हुन आवश्यक भएको धारणा राख्नुभयो । महिलालाई अवशर नदिन नैतिकताका प्रश्न र आर्थिक हैसियतको तुलना गर्ने काम सबै पाटीमा शुरु भएको गुनासो गर्नुभयो । उहाँले चुनौति दिदै भन्नुभयो, “हामीलाई अवशर मात्र दिनुहोस,चुनाव जितेर देखाउँछौ ।
कार्यक्रममा भीमेश्वर नगर कार्यपालिका सदस्य किरण ओलीले पैसासंग क्षमताको तुलना गर्नु नहुने धारणा राख्नुभयो । क्षमता भएर पनि अवशरबाट वञ्चित कहिलेसम्म हुने ? अधिकार कार्यान्वयनका लागि लड्न अभियान चलाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा एसिया फाउण्डेशनका उद्धव अधिकारीले खुल्ला हिसाबले प्रतिस्पर्धा गर्ने क्षमता निर्माण तर्फ लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । सञ्चारकर्मी जीवन लामाले महिलाहरुको वास्तविक अवस्थाको अध्ययन गरी सोही अनुसार योजना बनाएर जान नेतृत्वलाई सुझाउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,जनप्रतिनिधि,महिला अधिकारकर्मी,संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दोलखाका सचिव विनिता शिवाकोटीले दोलखामा महिलाको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
महिला अधिकार मञ्च दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, नेपाली काङग्रेस वागमती प्रदेश सदस्य अनिता श्रेष्ठल भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य किरण ओली, भीमेश्वर नगरपालिका वडा नम्वर ६ का वडा सदस्य शुसीला थापा, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा, द एसिया फाउण्डेशनका उद्धवप्रसाद अधिकारी हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेर बहादुर भुजेल लगायतले विचार व्यक्त गर्नु भएको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...