भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्झौता

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

प्रमिला सेढाई,फागुन २९
ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिका र ललितपुर महानगरपालिका बीच प्राचिनकालदेखि कायम रहेको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्बन्धलाई आत्मसाथ गर्दै दुई नगरबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । भीमेश्वर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।


कार्यक्रममा प्रतिनिधि सभाका माननीय सदस्य श्री पार्वत गुरु«ङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अवसर पारेर भीमेश्वर नगरपालिकाबाट प्रकाशित संघीयता र स्थानीय विकास, जनप्रतिनिधिका पाँच वर्ष नामक पुस्तक विमोचन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका माननीय सदस्य एवम् पुर्व मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि पार्वत गुरुङले भीमेश्वर नगरपालिका र ललितपुर महानगपालिकाबीच भगिनी सम्बन्ध भएकोमा खुशी व्यक्त गर्नु भयो ।सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भगिनी सम्बन्धको स्थायित्वको शुभकामना दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि चिरीबाबु महर्जनले देशकै पहिलो नगरपालिका ललितपुर र दोलखा जिल्लाको पहिलो नगरपालिका भीमेश्वरबीच भगिनी सम्बन्ध भएकोमा खुशी व्यक्त गर्दै पुरानो सम्बन्धलाई जीवन्त बनाउन यो समझदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । मन्तव्यको क्रममा ललितपुर महानगरपालिकाले मन्दिरको शहरलाई स्मार्ट सिटीको रुपमा पनि चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र भगिनी सम्बन्ध भएको नगरपालिकाको विकासमा सँधै साथ सहयोग गर्ने सुख दुखमा दुवै नगरपालिकासँग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । जिल्ला समन्वय प्रमुख डबल पाण्डेले धार्मिक सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक सम्बन्धले अनुभव आदान प्रदान गर्न संस्कृतिको संरक्षण गर्न, असल अभ्यासको आदान प्रदान गरी अरु पालिकाहरुको लागि समेत नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले हरिसिद्धीको जात्रा दोलखामा पनि पनि आउनु पर्ने परम्परालाई सम्झँदा ललितपुर र दोलखाको पुरानो सम्बन्ध रहेको कुरा उल्लेख गर्दै दुई नगरपालिका बीचको सम्बन्ध सुख र दुःख दूवै अवस्थामा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । भीमेश्वर नगरपालिकाले जिरी नगरपालिकासँग पनि भगिनी सम्बन्ध राखेको समेत स्मरण गराउनु भयो । सम्बन्ध सुमधुर बनाई सुनौला अक्षरले लेखिने कुरा विश्वास र प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपशंकर चौलागाईले दुई नगरपालिकाबीच समझदारीपत्रमा गरिएको हस्ताक्षर र जनप्रनिधिका पाँच वर्ष पुस्तक सार्वजनिक गरिएकोमा खुशी व्यक्त व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख कमला वस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नगरका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वयका प्रमुख डबल पाण्डे,निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीमेश्वर नगरकार्यपालिका एवम् नगर सभाका सदस्यहरु, ललितपुर महानगरकार्यापालिका प्रवक्ता राजु मर्हजन एवम् प्रतिनिधि, भीमेश्वर नगरपालिकाका कर्मचारीहरु, नागरिक समाजका प्रतिनिधि एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा एक आपसमा नगरपालिकाको तर्फबाट समझदारी पत्र, प्रमाण पत्र र चिनोको आदान प्रदान समेत गरिएको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.