अपाङ्गता भएका व्यक्तिहरुको वडा समिति गठन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता२ चैत्र २०७८ ,
प्रमिला सेढाई
भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको वडा समिति गठन भएको छ ।
भीमेश्वर नगरपालिकाबाट समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत भीनपा वडा नं ३ र ६ का अपाङ्गता भएका व्यक्तिहरुको भेलाले समिति गठन गरेको हो ।
भेलाले भीनपा वडा नं ३ मा रामकृष्ण तामाङको अध्यक्षतामा ७ सदस्यीय अपाङ्गता भएका व्यक्तिहरुको वडा समिति गठन गरिएको छ भने वडा नं ६ मा गणेश कुमार तामाङको अध्यक्षतामा वडा समिति गठन गरिएको छ ।
संस्थाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुरकेसी,राष्ट्रिय अपाङ्गता महासंघका महासचिव राजु बस्नेत, भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नविन लामा,वडाध्यक्ष हरिशरण शिवाकोटी, भीनपाका वरिष्ठ कार्यक्रम अधिकृत नारायण प्रसाद सेढाई, महिला तथा बालबालिका शाखा अधिकृत सुर्जा दाहाल, ह्रयाण्डीक्याप इन्टरनेशनलका अञ्जना गुरुङले शुभ कामना दिनुभएको थियो ।
भीमेश्वर नगरपालिकाबाट समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत सबै वडामा अपाङ्गता भएका व्यक्तिहरुको वडा समिति गठन गर्ने कार्यक्रम रहेकामा सबै वडामा वडा समिति गठनको कार्य पुरा भएको छ । निकट भविष्यमा नै पालिकास्तरीय समिति बनाउने योजना रहेको कुरा अधिकृत सुर्जा दाहालले बताउनु भयो । विशेषगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्न, कार्यक्रममा एकरुपता कायम गर्न र अपाङ्गता भएका व्यक्तिहरुको आवाजलाई बलियो बनाउन वडा समिति गठन गरिएको छ । जसबाट कार्यक्रममा समन्वय र सहजिकरण गर्न र अधिकार उपभोगमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
। अपाङ्गता तथा दृष्टिविहिन समुदाय सेवा संघ, दोलखाको आयोजना तथा भीमेश्वर नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...