सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चैत १०, प्रमिला सेढाई
भीमेश्वर नगरपालिका दोलखामा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, काठमाण्डौको आयोजना र भीमेश्वर नगरपालिकाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्दैशक तिर्थराज भट्टराईको अध्यक्षतामा भएका कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, तामाकोशी गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ, विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठर खड्काको उपस्थिति रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्षहरु सामाजिक सुरक्षा लाभग्राहीहरु र सेवा प्रवाह गर्ने बैंकका कर्मचारी लगायत अन्य कर्मचारी समेतको उपस्थिती रहेको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण, घटना दर्ता र राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धमा देखिएका समस्याको बारेमा सवाल उठान भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र महानिर्देशक तिर्थराज भट्टराईले उठेका सावालहरु सम्वोधन गर्नु भएको थियो । ठेक्का सवालहरुमा दुर्गम क्षेत्रमा बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न कठिनाई भएको, घटना दर्ता विशेषगरी जन्म दर्ता संशोधन समस्या, राष्ट्रिय परिचय पत्र वितरणमा ढिलाई जस्ता सवालमा कार्यक्रम केन्द्रित रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहकजीरण पत्रकार केदार शिवाकोटीले गर्नु भएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...