भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

महिलाः जनसङ्ख्यामा बढी मतदातामा कम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भए पनि मतदातामा भने पुरुष बढी रहेका छन् । निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्याङ अनुसार दोलखा जिल्लामा पनि महिला मतदाताको सङ्ख्या कम रहेको छ । आयोगका अनुसार दोलखामा ८० हजार ५ सय १७ पुरुष र ७९ हजार ५ सय ७९ जना महिला मतदाता रहेका छन् ।
दोलखा जिल्लामा भीमेश्वर नगरपालिकामा २६ हजार ८ सय ३३ जना,जिरी नगरपालिकामा १४ हजार ५८ जना, शैलुङ गाउँपालिकामा १९ हजार ३ सय ३०, कालिञ्चोक गाउँपालिकामा १८ हजार ६ सय ६१, मेलुङ गाउँपालिकामा १८ हजार १ सय ५३ तथा बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ जना मतदाता रहेका छन् । यसैगरी तामाकोशी गाउँपालिकामा १५ हजार ८ सय ३५ जना, गौरीशङ्कर १५ हजार ३ सय ४१ र विगु गाउँपालिकामा १४ हजार ४ सय २३ जना मतदाता रहेका छन्। ।
जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका र सबैभन्दा कम जिरी नगर रहेको छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि दोलखामा १ लाख ६० हजार ९६ जना मतदाता रहेका छन् भने ९४ वटा मतदानस्थल र १ सय ९३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पुरुष मतदाता महिलाभन्दा ८६ हजार २६ जना धेरै थिए । कुल मतदाता पुरुष बढी भए पनि वाग्मती, गण्डकी र सुदूरपश्चिममा भने महिला मतदाता बढी छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा छन् । आयोगका अनुसार वाग्मतीमा ३४ लाख १२ हजार ८ सय ६९ जना छन् । यसमध्ये पुरुष १७ लाख ४ हजार ८ सय ९८ र महिला १७ लाख ७ हजार ९ सय ४२ जना छन् ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेकामा पुरुष १६ लाख ९९ हजार र महिला १६ लाख ४७ हजार छन् । मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० मतदातामध्ये १७ लाख ९७ हजार ९ सय ४५ पुरुष मतदाता छन् । गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् ।
लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता रहेको आयोगले जनाएको छ । सुदूरपश्चिममा १६ लाख ३२ हजार १ सय ५० मतदातामध्ये ८ लाख ६ सय ६२ पुरुष र ८ लाख ३१ हजार ४ सय ७० महिला मतदाता छन् ।

 

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.