बजेट अभावमा १५ शैयाको आधारभुत अस्पताल अलपत्र पर्ने अवस्थामा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको भिमेश्वर नगरपालिकामा निर्माणधीन १५ शैयाको आधारभुत अस्पतालको लागी संघीय सरकारले बजेट नपठाउदा काम अलपत्र बनेको छ ।
संघीय सरकारले १८ करोड स्रोत सुनिश्चितता गरेको उक्त अस्पताल निर्माणको काम १२ करोडमा ठेक्का सम्झौता भई काम सुरु गरेपनि चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि रकम प्राप्त नहुदा काम अलपत्र बनेको हो ।
२०७७ चैत्रमा शिलान्यास गरेको उक्त अस्पताल निर्माणको लागी गत वर्ष करिब १ करोड रकम प्राप्त भएपनि बाकी रकम हालसम्म पनि प्राप्त हुन नसकेको हो ।
करिब ६ करोडको काम सम्पन्न भइसकेपनि भुक्तानी नहुदा काम रोक्न पर्ने अवस्था आएको भिमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर खडकाले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।
सरकारलाई बजेटका लागी पटक÷पटक ताकेता गर्दा पनि अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयले एक अर्कोलाई दोषारोपण गदै पन्छिने गरेको अधिकृत खडकाको भनाई छ ।
त्यस्तै सोही स्थानमा प्रदेश सरकारले सञ्चालन गदै आएको पशुपति चौलागाई स्मृती अस्पतालमा विशेषज्ञ सहितको स्वास्थ्यकर्मी नपठाउदा स्वास्थ्य सेवामा समस्या भएको छ ।
कर्मचारी अभावकै कारण गुणस्तरीय सेवा दिन समस्या भइरहेको अस्पतालका प्रमुख डा. विनोद दंगालले बताउनुभयो ।
५० बेडको अस्पतालमा ७ जना विशेषज्ञ सहितको स्वास्थ्यकर्मी हुनुपर्ने भएपनि भिमेश्वर नगरपालिकाले राखेको करारको कर्मचारीको भरमा अस्पताल सञ्चालन हुदै आएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...