नेतृत्व लिन दौडधुपमा महिला
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताधादिङ — सीता ढुंगाना गजुरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट उपाध्यक्षमा विजयी भएकी ढुंगाना अहिले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको प्रचारमा छिन् । अबको निर्वाचनमा पालिका प्रमुखको आकांक्षी देखिएकी छन् ।
उपाध्यक्ष भएर समन्वयकारी भूमिकाका रुपमा काम गरेको अनुभव बताउँदै उनले अब कार्यकारी भूमिकाका रुपमा काम गर्ने इच्छा रहेको बताइन् । उनी भन्छिन्‚ ‘हिजोको दिनमा जिरोबाट सुरु भएको थियो; अब अनुभवबाट सुरु गर्न पाउने अवस्था छ । स्थानीय तहको विकास कसरी गर्न सकिन्छ भन्ने एउटा कोर्स नै सिके ।’ सक्षम महिलाहरू नेतृत्वमा आउनुपर्छ । पाँच वर्षको अवधिमा विकास निर्माणका कार्यसँगै जिरो होम डेलिभरी, निःशुल्क एम्बुलेन्स सेवा, पूर्वसुत्केरी प्रतीक्षाघर, बालविवाहमा सुधार, कोरोना महामारीमा खाद्य संकट हुन नदिन फुड बैंकको अवधारणा ल्याउनु लगायत शिक्षा, स्वास्थ्य, युवा, कृषिका क्षेत्रमा गरेको कार्य प्रभावकारी बनेको उनले बताइन् ।
सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मा दलीय व्यवस्थामा दलको निर्णयअनुसार उम्मेदवारी दिने तर्क राख्छिन् । २०७४ सालको निर्वाचनमा एमाले पार्टीकै निर्णयमा उपाध्यक्षको टिकट पाएकी शर्मा सुरुको अवधिमा काम गर्न निकै चुनौती बेहोर्नुपरेको बताउँछिन् । चुनौती भए पनि त्यसलाई अवसरमा बदलेर निकै अभ्यास गर्न पाइएको उनको भनाइ छ । उनी भन्छिन्‚ ‘पाँच वर्ष उपाध्यक्ष भएर काम गर्दा गराइ र भोगाइले अनुभवी बनाएको छ । आत्मविश्वास र मनोबल बढाएको छ । म अध्यक्ष भएर पालिकाको अगुवाइ गर्न मेरो पार्टी नेकपा एमाले समक्ष दाबी प्रस्तुत गर्नेछु । पार्टीले मेरो दाबीको न्यायपूर्ण सुनुवाइ गर्छ भन्ने विश्वास लिएको छु ।’
उपाध्यक्षलाई न्यायिक समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक, अनुगमन समितिको संयोजक, बजेट बनाउनुपर्ने, संघसंस्थासँग समन्वय गर्नुपर्नेसहित ११ भन्दा बढी समितिको संयोजकको जिम्मेवारी छ । जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेको बताउँदै प्रमुख पदको नेतृत्व गर्न अग्रसर रहेको उनी बताउँछिन् । उनी भन्छिन्‚ ‘पाँच वर्षको जिम्मेवारी विभिन्न आरोहअवरोह गरेर सिक्दै आएँ; अब त्यो चुनौती सजिलै पार गर्नेछु । त्यसैले नेतृत्व गर्न सक्षम भएको छु ।’ महिलालाई ‘उप’ पदमै सीमित राखिँदा नेतृत्वमा पुग्न नसकेको उनी बताउँछिन् । प्रमुख पदमा सक्षम भएको कुरा राजनीतिक दलले बुझ्न जरुरी रहेको शर्माको भनाइ छ ।
एक पार्टीबाट अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनमा उप (उपाध्यक्ष, उपप्रमुख) पदमा महिलालाई नै उम्मेदवार बनाइयो र अधिकांश स्थानीय तहमा उनीहरू निर्वाचित पनि भएका छन् । धादिङ जिल्लामा १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा महिला र गठबन्धन भएको दुई स्थानीय तहमा पुरुष उप पदमा निर्वाचित भएका छन् । विगतका अनुभवलाई हेर्ने हो भने पनि गठबन्धन गरेका दलहरूले पुरुषलाई जिताएका छन् । उनीहरूले उम्मेदवार तय गर्दा नै मिलाएका हुन्छन् । उपमै सीमित भएका महिलाहरुलाई नेतृत्वमा पुग्नै दिएनन् ।
देवी पाण्डे बुर्लाकोटी त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी उनी अबको निर्वाचनमा पालिका प्रमुखको आकांक्षी देखिएकी छन् । गाउँपालिकाको विकास, परिवर्तनका लागि अहोरात्र खटिँदै आइरहेकी उनी कामसँगै निर्वाचनमा होमिएकी छन् । कांग्रेसको एक महिने ‘घरघर जाऔँ, का|ग्रेस जिताऔँ’ अभियानअन्तर्गत गाउँगाउँ‚ टोलटोलमा कार्यकर्ता फकाउँदै, मतदाता शिक्षा सिकाउनैमा व्यस्त भएकी छन् । उनी भन्छिन्‚ ‘महिलाले पनि नेतृत्व गर्न सक्छ भन्ने पाठ यो पाँच वर्षमा सिकेको छु; पालिकाको नेतृत्व लिन सक्षम भएको छु ।’
उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामा आगामी निर्वाचनमा राप्रपाबाट अध्यक्ष पदको दाबी प्रस्तुत गर्ने बताएकी छन् । अबको नेतृत्वमा महिलालाई अगाडि बढाउन सबैले पहल गर्नुपर्ने बताउँदै उनी भन्छिन्‚ ‘विभिन्न बहानामा महिलालाई खुम्च्याउने हो भने नेतृत्वमा महिला कहिल्यै आउन सक्दैनन् । भौगोलिक विविधता भएको र विकासको हिसाबमा निकै पछाडि पारिएको पालिकामा काम गरेकी छु । म नै अब्बल हुँ पालिकामा भन्न त सक्दिनँ, अरू साथीहरू पनि हुनुहोला । तर मैले पाँच वर्षे कार्यकालमा चुनौतीलाई अवसरमा बदलेर हाँसिल गरेको सिकाइ अनुभवबाट अब अध्यक्षको दाबी गर्न सक्ने भएको छु ।’
धादिङका राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । उनीहरूले आगामी निर्वाचनमा भ्रातृ संगठनदेखि कार्यकर्तालाई सक्रिय पार्न विभिन्न खालका भेला, भ्रातृ संगठनका अधिवेशन, नेतृत्व विकास तालिम, गोष्ठीहरू सञ्चालन गरिरहेका छन् । राजनीतिक दलहरू आ-आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् ।
जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरू पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरू पनि निर्वाचनमा जुटिसकेका छन् । महिलाहरू पनि नेतृत्व लिन तयारी अवस्थामा रहेका छन् । यो समाचार कान्तिपुर खवरबाट साभार गरिएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...