भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

प्रमुख र उपप्रमुखमध्ये एक पदमा उम्मेदवारी दिए महिला अनिवार्य !

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरुले पालिका प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र मनोनयन दर्ता गरे महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ । यो व्यवस्थाले तुलनात्मक रुपमा सत्तारुढ गठबन्धनलाई ‘उमेद्वार व्यवस्थापन’मा समस्या हुने देखिएको छ ।

चुनावी तालेमल गर्न सहमत भएका सत्तारुढ पाँच दलले मोडालिटीबारे छलफल गर्दैछन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राप्रपा नेपाल लगायतका दलहरुसँग तालमेलका लागि प्रयास गरिरहेको छ । तालमेल गर्दा दलहरुले पालिका प्रमुख र उपप्रमुख फरक फरक दलको बनाउने गरेका छन् ।

तर प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र मनोनयन दिए महिलालाई उम्मेदवार बनाउनुपर्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले १६ चैत २०७८ मा राजनीतिक दलहरुलाई निर्देशन जारी गरेको थियो, जसको १७ बुँदे निर्देशनको बुँदा नं. ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उमेद्वारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने’ भन्ने निर्देशन छ ।

आयोगले निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति, २०७७ अनुसार यस्तो निर्देशन दिइएको जनाएको छ । आयोगले परिपत्रमै ‘महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आ–आफ्नो तर्फबाट तपसिल बमोजिम गर्न’ भनिएको छ । यो समाचार अनलाइन खवरमा प्रकाशित छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.