भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

सुन्द्रावती आधारभुत विद्यालयका बालबालिका ७ वर्षदेखी अस्थायी टहरामा

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

७ वर्षदेखी सुन्द्रावती आधारभुत विद्यालयको बालबालिकाको पाठशाला अस्थायी टहरो बनिरहेको छ ।
भुकम्पपछिको ७ वर्षमा जिल्लाका सबै स्थानमा आधुनिक विद्यालय भवन निर्माण भएपनि यस विद्यालयले अहिलेसम्म पक्की भवन पाउन सकेको छैन ।
कक्षा १ देखी ८ सम्म अध्यापन भइरहेको उक्त विद्यालयका बालबालिका कोही साघुरो जस्ताको टहरामा बसेर पढदै आएका छन त कोही भ¥याङमुनीको बाकी भागमा बसेर पढिरहेका छन ।
सदरमुकाम चरिकोटबाट करिब आधा घण्टाको दुरीमा रहेको उक्त विद्यालयमा अध्ययरत ९५ प्रतिशत बालबालिका सिमान्तकृत थामी समुदायका हुन ।
भुकम्प लगत्तै भारतीय राजदुतावासले विद्यालय बनाइदिने भने प्रतिबद्धता गरेपनि काम हुन सकेन भने पछि एडिबीले निर्माण गर्ने भनेर सबै प्रक्रिया पुरा गरी अन्तिममा हात छोडिदिदा बालबालिका अस्थायी टहरामा नै पढन बाध्य भएको विद्यालयका प्रधानाध्यापक भरत श्रेष्ठले बताउनुभयो ।

बिद्यालयमा १४ कोठा आवश्यक भएपनि ४ कोठे मात्र पक्की भवन रहेको छ । जिल्ला आयोजना कार्यन्वयन इकाईले बिद्यालय व्यवस्थापन समिती मार्फत ४ कोठे भवन निर्माण गरिदिएको छ ।
४ कोठे भवन अफिस सञ्चालन गर्न नै अपुग रहेको विद्यालयका प्रअ श्रेष्ठको भनाई छ ।
अस्थायी टहरामा अध्ययन गरिरहदा गर्मीमा जस्ताले पोल्ने, जाडोमा अत्यधिक चिसो र हावाहुरीको समयमा पढन नै समस्या हुने गरेको बालबालिकाको भनाई छ ।

विद्यालय भवन निर्माणको लागी पटक/पटक सरकारी निकायदेखी विभिन्न संघसंस्था धाउदा पनि कुनै पनि निकायले सुनुवाई नगरेको विद्यालयका शिक्षकहरु बताउछन ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.