दोलखामा शनिबार गजल साँझ हुने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७ बजेसम्म कार्यक्रमको आयोजना गर्ने प्रतिष्ठानले जनाएको छ । दोलखामा गजल साहित्यको प्रवद्र्धन गर्न र नवोदित प्रतिभालाई गजल लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक गजल साँझको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो ।
आधुनिक साहित्यमा गजल लेखनमा रुचि बढ्दै गएपनि प्रस्तुति गर्ने वातावरण प्रर्याप्त नभएको अवस्थामा गजल साँझको आयोजना गरेर गजल वाचनलाई जीवन्त बनाउन कार्यक्रम गर्न लागिएको आयोजकको भनाई छ ।
भानु विद्यापति साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उपलब्धी मापन गर्न पनि सहज हुने छ । प्रतिष्ठानले २ दिवसीय गजल प्रशिक्षणको आयोजना गरेको छ ।
कार्यक्रममा तालिमका सहभागी,दोलखाका गजलकार,साहित्यमा रुचि राख्नेहरुको सहभागिता रहने छ ।
कार्यक्रम होटल एम्ब्रोसियामा आयोजना गरिने कार्यक्रम तय भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...