दोलखामा विद्यार्थीका लागि गजल लेखन प्रशिक्षण
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको आयोजनामा गजल लेखन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । भाषा र संस्कृतिको संरक्षणका लागि बालबालिकासंग गजल जोड्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
२ दिवसीय गजल प्रशिक्षण तथा साहित्य अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक भरत केसीले भौतिक विकाससंगै कला,साहित्य र संस्कृतिको विकासले मात्र सम्बृद्धि सम्भव भएको धारणा राख्नुभयो । आजका पुस्तामा संस्कृति संरक्षणको महत्व बुझाउन भीमेश्वर नगरले संस्थागत रुपमा नै नयाँ कामको थालनी गरेको स्मरण गराउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले प्रशिक्षणले भाषा सस्कृतिको जगेर्ना गर्ने मात्र नभै मानवीय जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठले अभिव्यक्तिसंग प्रकटीकरणको माध्यबाट चेतनाको विकास हुने र समाज रुपमान्तरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले दोलखा सम्बृद्ध बनाउन संस्कृति संरक्षणको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा गजलकार रुपक अलङ्कारले प्रशिक्षण दिइरहनु भएको छ । गजलकार जीत कार्कीले सहजीकरणमा सहयोग गर्नुभएको छ । प्रशिक्षण कार्यक्रममा दोलखाका विभिन्न विद्यालयका २५ जना भन्दा बढी विद्यार्थी र गजलमा रुचि राख्ने व्यक्तिहरुको सहभागिता रहेको प्रतिष्ठानका सदस्य सचिव सुन्दर खड्काले जानकारी दिनुभयो ।
कार्यक्रम भोलिसम्म चल्ने छ । यसैबीच प्रतिष्ठानको आयोजनामा शनिबार बेलुका ४ बजेदेखि दोलखा सदरमुकाम चरिकोटमा रहेको होटल एम्ब्रोसियामा गजल साँझ कार्यक्रम समेत आयोजना गरेको आयोजकको भनाई छ ।
भीमेश्वर नगरपालिकाले दोलखाको कला, साहित्य र संस्कृति संरक्षण र प्रवद्र्धनको लागि प्रतिष्ठान स्थापना गरेको छ । नगरपालिकाको नवौं नगरसभाले ऐन, कानुन पारित गरेपछि प्रतिष्ठानले पूर्णता पाएको हो। प्रतिष्ठान बनेपछि दोलखाको कला साहित्य र संस्कृति संरक्षणका लागि योजना निर्माण गरी कार्यक्रम गर्दै आएको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...