भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् । उम्मेदवारको विषयमा छलफल गर्न शनिवार बसेको गाउँपालिका संगठन कमिटिको बैठकमा उनीहरुले आफ्नो धारणा सहित पार्टीको तर्फबाट अध्यक्षमा दावी प्रस्तुत गरेका थिए । अध्यक्षमा दाबी गर्नेहरुमा रोहितचन्द्र खड्का, विनकुमार थामी, गणेश शिवाकोटी, लक्ष्मण थामी, हरि ओली, चेतबहादुर खड्का, निशान बुढाथोकी र अर्जुन बुढाथोकी रहेका छन् । उनीहरुमध्ये ६ जना जिल्ला कमिटि सदस्यको जिम्मेवारी छन् ।
एमाले कालिञ्चोक गाउँपालिका कमिटिका अध्यक्ष ईश्वरी दाहालले गाउँपालिका अध्यक्षको लागि बैठकमा ८ जनाको दाबी प्रस्तुत भएको र त्यसलाई माथिल्लो निकायमा पठाईने जानकारी दिए ।
यसैबीच एमालेबाट कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षको लागि पनि ८ जनाले दावी गरेका छन् । सविना पाण्डे, लक्ष्मी शिवाकोटी, रमा शिवाकोटी, कविता थामी, सुजता शिवाकोटी, सुमित्रा शंकर, छलिमाया थामी र राधा ओलीले उपाध्यक्षमा आकांक्षा राखेका हुन् ।
एमालेको अन्तरपार्टी निर्देशिका अनुसार नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखबारे टिकटको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश कमिटिलाई दिईएको छ ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.