भीमेश्वर र जनकपुरबीच भगिनी सम्बन्ध
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकरपुरधाम उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ । दोलखा र जनकपुर बीच कला,साहित्य र संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि दुई नगरबीच भगिनी सम्बन्ध स्थापित गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । जनकपुर र दोलखाको प्राचीन धार्मिक,साँस्कृतिक सम्बन्धलाई जीवन्त बनाउन भीमेश्वर नगरका मेयर भरत बहादुर केसी र जनकपुरधाम उपमहानगरका मेयर लाल किशोर शाहले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा सम्बन्ध विस्तार गर्नुभएको हो ।
समझदारी पत्रमा हस्ताक्षरसंगै चरिकोटको सिमपानीमा भानु–विद्यापतिको सालिक पनि सयुक्त रुपमा शिलान्यास गरिएको छ । साहित्यमा आदिकवि भानुभक्त आचार्य र मैथिली भाषाका महाकवि विद्यापतिको साहित्यिक योगदानको सम्मानार्थ सालीक निर्माण गर्न लागिएको भीमेश्वर नगरपालिका मेयर भरत केसीको भनाइ छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपािलकाका मेयर लाल किशोर शाह, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, उपमेयर कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यय, भीमेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का भानुविद्यापति साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठ,प्रतिष्ठानका सल्लाहकार विर्ख क्षेत्री,संस्कृतिविद् शान्तकृष्ण श्रेष्ठ र विविसीका पत्रकार बृज कुमार यादवको आतिथ्यता रहेको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...