भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

दोलखामा शिक्षक दिवस

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखामा विभिन्न कार्यक्रमका साथ शिक्षक दिवस मनाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाले प्रशिक्षणात्मक कार्यक्रम सहित ४३ औ शिक्षक दिवस मनाएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाकी उपाध्यक्ष विमला दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठले शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा भएकाले यसको गरिमा कायम राख्न अनुरोध गर्नुभयो । समयअनुसार आफूलाई अब्बल बनाउन नतिजा देखिने गरी शैक्षिक कार्यक्षेत्रमा लाग्न सुझाव दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले मानिसको जीवनलाई निश्चित आकार दिन र सबै पेसा जन्माउन सक्ने जनशक्ति शिक्षक मात्र भएकोले शिक्षकको देन ठूलो रहेको कुरा स्मरण गराउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय संगठन प्रदेश सदस्य रामप्रसाद सापकोटाले शैक्षिक र पेशागत आन्दोलनको नेपाल राष्ट्रिय शैक्षिक संगठनको आफ्नै इतिहास अत्यन्तै गर्वालो र दर्विलो रहेको भन्दै संगठनले हालसम्म आइपुग्दा रचनात्मक र नवाप्रवर्तनात्मक कार्यहरु गर्दै आएको स्मरण गर्नुभयो । संगठनले व्यवस्था परिवर्तनको लागि विभिन्न राजनीतिक आन्दोलन तथा राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका, सामाजिक, पेशागत स्थायित्व एवम् शैक्षिक मुद्धाहरुलाई स्थापित गर्न गरिएका आन्दोलनहरु र समाज रुपान्तरणका हरेक आन्दोलनहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सधै अग्रणी भूमिका रहेको र अवका दिनमा पनि कतिपनि विचलित नभइ अगाडि बढ्न सबैसंग अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्लाा विभिन्न स्थानीय तहका नेपाल राष्ट्रिय शिक्षक संगठन समितिका प्रमुख एवं प्रतिनिधिहरुले नेपाल राष्ट्रिय शिक्षक संगठनका गतिविधि र अवका दिनमा खेल्न सक्ने भूमिकाका विषयमा जानकारी गराउनु भएको थियो । भीमेश्वर नगरपालिका नेपाल राष्ट्रिय संगठनका अध्यक्ष राजन कार्की शैलुङका चन्द्रलााल घिसिङ,वैत्यश्वरबाट हरि केसी,विगुबाट रमेश वि.क.लगायतले भूमिकाका विषयमा जानकारी गराउनु भएको थियो ।


कार्यक्रमको अवसरमा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न शिक्षक तथा शैक्षिक संस्थालाई सम्मान समेत गरिएको थियो ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.