बजेट अभावमा दोलखाको थामी संग्रहालय निर्माणको काम अलपत्र
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताबजेट अभावमा दोलखाको सुस्पाक्षमावती स्थित राङराङथलीमा निर्माणधीन थामी संग्रहालय निर्माणको काम अलपत्र बनेको छ ।
संस्कृति, पर्यटान तथा नागरिक उडययन मन्त्रालयबाट करिब ७ करोड रकम स्रोत सुनिश्चितता भएपनि ९ महिना बितिसक्दा पनि बजेट प्राप्त नहुदा निर्माणको काम अलपत्र बनेको हो ।
भिमेश्वर नगरपालिकाको २० प्रतिशत र नेपाल सरकारको ८० प्रतिशत संयुक्त साझेदारीमा निर्माण थालिएको उक्त संग्रहालयमा नगरपालिकाको तर्फबाट भुक्तानी भइसकेपनि मन्त्रालयबाट बजेट नआउदा निर्माणको काम रोकिएको हो ।
सिमान्तकृत थामी समुदायको लोपन्मुख ऐतिहासिक र सास्कृतिक परम्परालाई संरक्षण गर्न संग्रहालय निर्माण थालिएको हो ।
संग्रहालयमा थामी जातीको पुर्खा सोनारी यापत्तिले खाना पकाएको ढुङा देखी विभिन्न इतिहासहरु सो स्थानमा रहेको स्थानीयहरुको भनाई छ ।
१९ करोड २१ लाखमा डिपिआर तयार भएको उक्त संग्रहालयमा तिलकपोखरी, सिडी लगायतको संरचना निर्माणमा १ करोड खर्च भइसकेको भिमेश्वर नगरपालिकाले जनाएको छ ।
रकम अभावमा संग्रहालय भित्र निर्माण गरिने विभिन्न संरचना निर्माणको काम अलपत्र परेको भिमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर खडकाले बताउनुभयो ।
संग्रहालयमा थामी समुदायको संस्कृति, परम्परागत भेषभुषा, सिप, कलासमेत संग्रह गर्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।
थामी जातीको उदगम थलोका रुपमा रहेको सुस्पाक्षमावतीबाट कालिञ्चोक र विगु तिर थामी जाती विस्तार हुदै गएको किम्बदन्ती रहेको छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...