गर्व गर्न लायक काम गरेर देखाउँछु ः कालिञ्चोक गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी
गाउँवासीले गर्व गर्न लायक काम गरेर देखाउँछु । मतदातालाई पछुतो मान्नु पर्ने अवस्था आउने छैन् —कालिञ्चोक गाउँपालिकामा अध्यक्षको उम्मेरदवारी दिएका गणेश शिवाकोटीको भनाइ हो । पालिका बासी सबैको भावना समेट्ने गरी पालिकाको केन्द्र निर्धारण गर्ने प्रतिवद्धता समेत शिवकोटीमा रहेको छ । लामो समय सम्म अन्यौलमा रहेको पालिकाको केन्द्र विवादित हुन नदिने र कसैको मन नदुख्ने गरी निश्चित गरेर छाड्ने बताउनु भएके हो । उहाँले भन्नु भयो, मनमाखकुनै कुण्ठा नराखी बैज्ञानिक रुपमा केन्द्र निर्माण गर्ने र पचासौ वर्षसम्म सम्झिरहने गरी असल कर्म गरेर देखाउँन उम्मेदवारी दिएको हुँ । गाउँपालिकालाई एउटै घर र जनतालाई परिवारका सदस्यका रुपमा व्यवहार गर्नेछु ।
कृषिमा क्षेत्रलाई प्राथमिकतामा राखेर नमुना पालिका बनाउने योजना शिवाकोटीमा छ । उच्च सामाजिक चिन्तन,अरुको दुःखमा साथ दिन अगाडि सर्ने,सालनि र भावुक स्वभावका शिवाकोटी जनताको सेवकका रुपमा पहिचान बनाउन सफल देखिन्छ ।
सामाजिक र राजनीतिक यात्रा र अनुभव
कालिञ्चोक गाउँपालिका वडा नं ८ भटट्ेलीमा सामान्य किसान परिवारमा जन्मेका शिवाकोटीले गाउँकै कालिनाग माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा प्राप्त गर्नुभएको हो । समाजशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरिसक्नु भएका शिवाकोटी जीवनमा मध्यम वर्गीय परिवारका सदस्यले जीवनमा भोग्नु पर्ने सबै किसिमका उचार चढावको अनुभव गर्नुभएको छ । कलिलै उमेरमा सफल उद्यमीको पहिचान बनाउन सफल शिवाकोटी वि.स. २०६४ सालबाट नेकपा एमालेको सक्रिय राजनीति सुरु गर्नुभएको हो । वि.स. २०६४ सालमा नेकपा एमाले दोलखा काठमाण्डौँ क्षेत्रीय सम्पर्क कमिटीका सह सचिवको पद कुशलतापूर्वक सम्हाल्नु भएको थियो ।
२०६८ सालमा क्षेत्रीय सम्पर्क कमिटीका अध्यक्ष २०६९ सालमा नेकपा एमाले दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको सहसचिवको भुमिका निर्वाह गर्न सफल शिवाकोटीको क्रियाशीलता र कार्यदक्षता देखेर ७२ सालमा सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सम्पर्क मञ्चको अध्यक्ष बने पछि उहाँको राजनीतिक छवि अझै खारियो । दोलखाका गाउँपालिका तथा जिल्लाका नागरिकबीच सामिप्यता, असल पहिचानसंगै पदीय जिम्मेवारी र संगठनको व्यवस्थापन र परिचालनमा दक्षता प्रस्तुत गर्नुभयो । यसैको प्रतिफलस्वरुप शिवाकोटी २०७५ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य र ७७ मा प्रदेश सम्पर्क मञ्च बागमती प्रदेशको सदस्य भएर संगठनमा शसक्त भूमिका निर्वाह गर्न सफल हुनु भएको छ ।
२०७८ सालको नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशनमा समेत भारी मतले जिल्ला कमिटी सदस्य सदस्यमा विजयी बन्न सफल हुनुभयो भने हाल सम्पर्क मञ्चको इन्चार्ज र सल्लाहकारको भूमिकामा रहनु भएको छ ।
हाल नेकपा एमालेको तर्फबाट कालिञ्चोक गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका शिवाकोटीाबाट कालिञ्चोक बासीले परिवर्तनको आशा गरेका छन् । नयाँ अनुहार,उर्जाशील युवाशक्ती विकासप्रेमी नेता ,कामप्रति उत्साहित ,लोकप्रिय र इमान्दार उम्मेरदवार पाएको भन्दै स्थानीय उत्साहित भएका हुन् । कालिञ्चोक गाउँपालिकाकोे समग्र शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबै क्षेत्रको समानुपातिक ढंगले विकास गर्ने र गाउँमै स्वरोजगारको वातावरण निर्माण गरी नमुनायोग्य पालिका निर्माण गर्ने योजनाका साथ हाल शिवाकोटी चुनावी मैदानमा जानु भएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...