भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

सामाजिक व्यक्तित्वका धनी हरिवंशः भीमेश्वर मेयरका उम्मेदवार

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

एमालेको भीमेश्वर नगरमा टिकट वितरणका विषयमा निक्कै टिकाटिप्पणी भए । आजीवन राजनीति र समाजसेवामा जीवन समपर्ण गर्नुभएका हरिवंश चौलागाईँको मेयरको लागि नेकपा एमालेले उम्मेदवार निश्चित गरेपछि उहाँको आर्थिक अवस्थालाई लिएर कमजोर रुपमा प्रस्तुत गर्नेको पनि कमी भएन राजनीतिक बजारमा । नेकपा एमाले र पार्टीमा आवद्ध असली कार्यकर्तादेखि विकासप्रेमी नगरवासीको एउटै आवाज छ । “जसले टिकट पाउनुभएको छ वहाँ अरु कुनै दावेदारभन्दा कुनै पनि कसीले मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेद्वार हो । भलै हाम्रो राजनीतिले विकास गरेको पछिल्लो मापदण्ड “पैसावाल“ वहाँ जरुर हैन । –प्रेम प्रसाद अधिकारीको फेसबुक वालबाट
यी र यस्तै क्रिया प्रतिक्रिया आइरहेका छन् ।

आजीवन सामाजिक सेवा र राजनीतिलाई जीवन समपर्ण गर्ने मानिसहरु कमै भेटिन्छन् । तीनै मानिसहरुमध्ये राजनीति र समाजसेवालाई जीवन बनाउने व्यक्तिको रुपमा हरिवंश चौलागाई चिनिनुहुन्छ । निम्न वर्गीय किसान परिवारमा अभावै अभावका बीचमा जीवन बाँचेर पनि संगठन र राजनीतिलाई नै सम्पत्ति सम्झने हरिवंश चौलागाई आज दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।
कुशल संगठक,प्रतिवद्ध र इमान्दार नेताको छवि बनाउनु भएका चौलागाईँको उम्मेरदवारी नगरको समुन्नतिको लागि महत्वपूर्ण हुने नगरवासीको अपेक्षा रहेको छ । निम्म वर्गीय कृषकको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्न सफल चौलागाईले आम नागरिकको भावना बुझेर विकास गर्ने कुरामा आम भीमेश्वर बासीले विश्वास गरेका छन् । वडा तहमा भिजेर काम गरेको अनुभव बटुलीसकेका चौलागाईको प्रदेश र संघमा समेत बलियो सम्बन्ध रहेकोले सम्बृद्ध भीमेश्वर बनाउन सहयोग पुग्ने आम नगरबासीको बुझाइ छ ।

 हरिवंश चौलागाईको राजनीतिक जीवन यात्रा कस्तो छ ?
स्व.पिता कृष्ण प्रसाद र माता नन्दमाया चौलागाईँका सुपुत्रका रूपमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं ४ जिलु फसिभैमा वि.सं २०३४ सालमा हरिवंश चौलागाईँको जन्म भएको हो ।। सामान्य किसान परिवारमा जन्मेका चौलागाईँले १० वर्षको उमेरमा पिता गुमाउनु परेको थियो । पिताको संरक्षण नपाएका चौलागाईंलाई आमाले रुखो,पिठो खुवाएर हुर्काउनु भयो ।

अभावै अभावका बीचमा प्राथमिक शिक्षाको शुरुवात गाउँकै सामान्य विद्यालयबाट गर्नुभएका चौलागाईले विभिन्न संघर्षका बीच कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटबाट माध्यमिक शिक्षा पूरा गर्नु भएको थियो । पछि आफ्नै बल र प्रयासले स्नातक सम्मको अध्ययन पूरा गर्नुभएको छ । पारीवारिक रुपमा कुनै पनि राजनीतिक शिक्षा प्राप्त नगरेपनि समाज,व्यवहार र संघर्षले राजनीतिक चेतना बृद्धि हुँदै गयो । अभाव,र गरीबि नै हरिवंशका निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो ।
१४ वर्षको कलिलो उमेरमा वि.स. २०४८ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटी कालिञ्चोक माध्यमिक विद्यालयको अध्यक्षको जिम्मेवारीबाट राजनीतिक यात्रा प्रारम्भ भयो । निडर,प्रष्टवक्ता,हसिँलो चेहरा र हक्की स्वभाव,आकर्षक व्यत्तित्वका हरिवंशको अनेरास्ववियूको सक्रियता र जिम्मेवारी बोधको विषेशताले उहाँलाई वि.स.२०५१ सालमा नेकपा एमाले तत्कालीन चरिकोट गाउँ कमिटिको उपसचिवको जिम्मेवारी दिइयो । त्यो समयमा नेकपा एमालेको संगठन विस्तारमा उहाँको भूमिका महत्वपूर्ण रह्यो । हालको नेकपा एमालेको सुदृढ संगठन तत्कालीन समयको संगठन विस्तारलाई लिन सकिन्छ । काममा प्रतिवद्ध र संगठन प्रतिको लगावका कारण चौलागाई वि.स. २०५२ सालमा अनेरास्ववियू जिल्ला कमिटि अध्यक्ष र सोही समयमा राष्ट्रिय परिषद सदस्य समेत बन्न सफल हुनुभयो ।

त्यो समयमा जिल्लामा रहेका विद्यायमा प्रारम्भिक कमिटि गठन र शैक्षिक आन्दोलनमा अग्रणी र शसक्त भूमिका निभाउनु भयो । तत्कालीन समयमा अनेरास्ववियूले २१ सुत्रीय शैक्षिक माग राखेर आन्दोलन गरेको थियो । जुन समयमा जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको भन्दै उहाँले ४ दिनको हिरासत समेत व्यतित गर्नु परेको थियो ।

आजीवन व्यक्तिगत स्वार्थ भन्दा पनि सिंङ्गो उर्जाशील समय पार्टी संगठनका लागि खर्चिएका चौलागाईले वि.स.२०५३ सालमा भिमेश्वर नगर कमिटिको संस्थापक सदस्यको रुपमा काम गर्नुभयो । वि.स. २०६१ सालदेखि वि.स.२०७० सालसम्म (पार्टी सचिव सहित)३ कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर नगरको संगठन बलियो बनाउन उहाँको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।

वि.स. २०६२ सालदेखि जिल्ला कमिटि सचिवालय सदस्यको थप जिम्मेवारी र निरन्तर नगर इन्चार्जको भूमिकामा पार्टी र संगठनका लागि काम गर्दै आउनु भएको छ । हाल मदन भण्डारी फाउण्डेशनको अध्यक्षको भूमिकामा समेत रहनु भएको छ ।

संघीय शासन व्यवस्था पछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्षको जिम्मेवारी पूरा गर्नु भएका चौलागाईँले एक कार्यकाल कुशलतापूर्वक सम्पन्न गरि सक्नुभएको छ ।
कार्यकालमा गरेका नमुना कामहरुः
जिलु चक्रपथ सडक पक्की बनाउने कामको शुरुवात
वडाको प्रशासनिक भवन निर्माण
जिलुको एकीकृत वस्ती निर्माण
जलेश्वर मन्दिर जिर्णोद्धार
पाण्डव पार्क निर्माणको शुरुवात २९ करोडको डिपिआर तयार
वृन्दावन पार्क निर्माणका लागि ८ करोडको डिपिआर तयार
सबै टोल बस्तीमा कच्ची सडकको पहुँच
कृषिमा आधुनिकीकरणको लागि प्रोत्साहन
सर्व माध्यमिक विद्यालयलाई चाइनिज सरकारको सहयोगमा सुविधा सम्पन्न भवन निर्माणको थालनी
सर्व माध्यमिक विद्यालयलाई कृषि क्याम्पसको रुपमा स्थापित गर्न पहल
आधारभूत स्वास्थ्य सेवाको लागि स्वास्थ्य संस्थाको निर्माण
विषादीमुक्त खेतीको लागि पहल
विभिन्न सामुदायिक भवनहरुको निर्माण

 

 

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.