भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

पाँच वर्षको अवधिमा धेरै काम गरेका छौ,बाँकी अधुरा काम पूरा गर्नु छ —उपमेयर कमला बस्नेत

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गतेको  निर्वाचनका लागि भीमेश्वर नगरपालिकामा दोस्रो कार्यकालको लागि उपमेयर पदमा चुनावी मैदानमा हुनुहुन्छ कमला बस्नेत ।
पाँच वर्षसम्म जनताको सेवामा समर्पित बस्नेत फेरी पनि जनताको सेवा गर्ने प्रण गर्दै प्रतिस्पर्धा गरिरहनु भएको छ । ०७४ सालमा नेकपा एमालेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताका आधारमा नगरले बनाएका योजना पूरा गर्न र कार्य अनुभवलाई नगरको विकासमा लगानी गर्न उम्मेरदवारी रहेको बताउनु भएको छ । उहाँले भन्न् भयो,— “पाँच वर्षको अवधिमा धेरै काम गरेका छौ । अझै धेरै काम गर्न बाँकी छ । भीमेश्वर नगर सम्बृद्ध बन्ने बाटोमा लागि सकेको छ । वाँकी रहेका योजना पूरा गर्नु छ ,यसैका लागि उम्मेरदवारी दिएकी छु ।”


                                                   कमला बस्नेतको सामाजिक र राजनीतिक यात्रा
भीमेश्वर नगरपालिकाको उपमेयर,नेकपा एमाले जिल्ला कमिटि उपसचिव अनि नेकपा एमाले दोलखा अनेमसंघ अध्यक्षको जिम्मेवारीमा रहनु भएकी कमला बस्नेत सामाजिक अभियानमा दशकौ समय लगानी गरिसक्नु भएको छ ।
मध्यम वर्गीय परिवारमा जन्मनु भएकी बस्नेतको पारीवारिक अवस्था मध्यम थियो । पढाउन सक्ने अवस्था भएरै पनि छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता थियो । त्यही मान्यताका बीचमा आमाको प्रेरणाले पढ्ने अवसर प्राप्त गर्नु भएकी बस्नेतले विभिन्न कठिन परिस्थितिका बीच स्नातक सम्मको अध्ययन पुरा गर्नु भएको छ ।
वि.स. २०२६ सालमा तत्कालीन माटी गाविसमा आमा चन्द्र कुमारी बस्नेत र स्व.बुबा मान बहादुर बस्नेतकी सुपुत्री कमला बस्नेत सानैदेखि सामाजिक कार्यमा जागरुक हुनुहुन्थ्यो । आफूले भोगेको समाज,सामाजिक समस्या,अन्यायका विरुद्ध बोल्न नडराउने स्वभावकी बस्नेतले घर परिवार र समाजको इच्छा विपरित भएपनि सामाजिक जागरणको कार्यमा लुकी लुकी सहभागिता जनाउनु भयो ।

उमेर परिपक्क हुँदै गएपछि आँट,जोश,जाँगर र उत्साह पनि हुर्कदै र सुदृढ हुँदै गए । वि.स. २०५० सालदेखि समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध आवाज उठाउँदै जानुभयो । तत्कालीन माटी गाविसलाई मदिरा मुक्त गाविस घोषणा गर्ने अभियान सफल पार्ने अभियानको नेतृत्व बस्नेतले नै गर्नुभएको थियो । यही सिकाइलाई भीमेश्वर नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएपछि मदिरा न्युनीकरण ऐन समेत पारित गर्न सफल हुनु भएको छ ।
आमाले भाले वेचेर दिएको रकमले सिकेको टाइप । अनि टाइपिष्टको काम गर्न प्रवेश गरेको तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय । टाइपिष्ट नै बनेर प्रवेश गरेको सामुदायिक वन उपभोक्ता महासंघ (२०५५) देखि २०७४ फागुनसम्म टाइपिष्ट देखि महासचिव हुदै अध्यक्षको कुशल भूमिका बस्नेतका लागि जीवनका महत्वपूर्ण अवसर हुन् । जसले जीवन सिकायो,सङ्घर्षमा बाच्न सिकायो अनि सामाजिक र राजनीतिक दायित्व बोध गरायो ।
सामूदायिक वन उपभोक्ता महासंघको लामो यात्राले जिल्लाका गाउँ,टोल,बस्ती,राजनितिक,सामाजिक,सांगठनिक सिपमा तिखारिन र क्षमताको उजागर गर्न अवसर थपियो । यही समयमा नेकपा एमालेका विभिन्न संगठन लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विकास र विस्तारमा जिम्मेवार हुँदै नेकपा एमाले जिल्ला कमिटि उपसचिव अनि नेकपा एमाले दोलखा अनेमसंघ अध्यक्षको जिम्मेवारीमा रहनु भएको छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनबाट भीमेश्वर नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएर नगरबासीको समस्या नजिकबाट बुझ्ने र सोही अनुसारका योजना बनाउने काममा विशेष भुमिका खेल्न सफल हुनुभयो ।
संघीयता पछिको पहिलो स्थानीय तहको अभ्यासमा जनताको नजिक रहेर काम गरेपछि आम नगरवासीले  बस्नेतकै चाहना गरेपछि नेकपा एमाले दोलखाले उपमेयर पदमा पुनः उम्मेदवार बनाएको हो । पहिलो कार्यकालमा साझा चरित्रमा रहेर लोकप्रिय काम गर्न सफल हुनु भएकी कमला बस्नेत नगरबासीले आशा र भरोसा गरेको गर्विलो महिला नेतृका रुपमा चिनिनु भएको छ

आकर्षक व्यक्तित्व,सबैसंग मिल्न सक्ने,सहनशील क्षमता र असल नेतृत्वको गुण भएकी कमला बस्नेतक कार्यकालभरी कुनै विवादमा आउनु भएन । सबैलाई मिलाएर लान सक्ने र सबैको मन जित्न सक्ने बलियो क्षमता बोकेकी बस्नेत फेरि पनि निर्वाचनमा सहभागी हुनु भएको छ । सामाजिक र राजनीतिक विकासमा अब्बल क्षमता भएकी बस्नेतको नगर सम्बृद्धिको लागि दूरदृष्टी योजना समेत रहेको छ ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.