प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्राकृतिक स्रोत व्यवस्थापन सम्वन्धी क्षमता विकास कार्यशाला दोलखा सदरमुकाम चरिकोटमा बुधबार सम्पन्न भएको छ ।
हुराडेक नेपाल दोलखाले लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा सञ्चालन गर्दै आएको सामुदायिक सशक्तीकरण र विकासका लागि स्थानीय पहल परियोजनाले आयोजना गरेको कार्यशालामा २७ जनाको सहभागिता रहेको थियो ।
क्षमता विकास कार्यशालामा परियोजना सञ्चालनमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३, ४ र ८ का स्थानीय आमा समुह, सामुदायिक वन उपभोक्ता समुह, सहकारी लगात अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले जानकारी दिनु भयो ।
कार्यशालामा जल, जंगल र जमिनको महत्व, संरक्षणका उपाय, दिगो भू व्यवस्थापन, वनमा आधारित उद्यम विकासमा समुदायको भूमिका, वन मार्फत रोजगारी सिर्जना गर्ने उपाय, कृषि वनको फाइदा, घर वगैचा मार्फत आम्दानी गर्ने तरिका आदिका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण वन अधिकारकर्मी तथा उद्यमी भोला खतिवडाले गर्नु भएको थियो ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...